पोखरा, पोखरामा रहेर पत्रकारिता गर्दै आएका बिनोद लामिछानेलाई मातृशोक परेको छ। उनकी आमा मनुमाया लामिछानेको ६८ वर्षको उमेरमा आइतबार राति निधन भएको हो। अघिल्लो महिनादेखि बिरामी परेकी मनमायालाई सुरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र त्यसको केहि दिनपछि मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लागिएको थियो। उनी निमोनिया लगायतका रोगबाट पिडित भएको बुझिएको छ।
पोखरा–११, फूलबारीमा जन्मिएकी मनमाया सहित उनको परिवार पोखरा–८, नागढुंगामा बस्दै आएकोमा केहि समयदेखि उनीहरु पोखराको न्युरोडमा बस्ने गरेको छन। स्व. मनुमायाका श्रीमान गुरुदत्त लामिछानेसँग एबम दुई छोरा र दुई छोरी रहेका छन ।
जेठा छोरा विनोद लामिछाने पत्रकारितामा संलग्न छन। उनि नेपाल पत्रकार महासंघ कास्कीको सदस्य एबम खेलकुद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष हुन। अर्का छोरा युवराज लामिछाने कलाकार / मूर्तिकार हुन हुन। यसैगरी उनका दुई छोरीहरु संगीता र सुनिता रहेका छन। स्व. मनुमायाको सोमबार बिहान पोखरा–९, शान्तिघाटमा दाहसंस्कार भयो ।













