Play

स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकामा कडा प्रतिष्पर्धा: पदमराज र सुरज बने सभापति

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत स्याङ्जाको वालिङ नगरपालिकामा सम्पन्न नेपाली कांग्रेसको नगर अधिवेशनबाट कडा प्रतिस्पर्धाका बीचमा पदमराज गुरुङ सभापति पदमा निर्वाचित भएका छन् । सभापतिमा बिजयी गुरुंगले २६९ र उनका निकटतम प्रतिद्वन्दी बोधराज कुँवरले २६६ मत प्राप्त गरेका थिए दुइ जनाको बिचमा ३ मतको अन्तरले हारजीत भएकोले निर्बाचनको परिणामलाई धेरैले रोचक मानेका थिए ।

निर्वाचन समितिले सार्वजनिक गरेको परिणाम अनुसार नगर अधिवेशनमा ५ सय ६० मतदाता रहेकामा ५ सय ४२ मत खसेको थियो।निर्बाचनको परिणाम अनुसार समितिका अन्य पदहरूमा पनि कडा प्रतिस्पर्धा देखिएको थियो । दुई उपसभापति मध्ये महिला उपसभापतिमा  जुनु थापाले ३ सय १५ मत र खुल्ला उपसभापतिमा यज्ञप्रसाद अधिकारीले २ सय ७७ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदका अन्य प्रतिस्पर्धीहरू जगदिश पाठकले २ सय ३० र सीता ढुंगाना अधिकारीले २ सय १४ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिव पदमा हुमनाथ अर्याल २ सय ५४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बुद्धिसागर गैह्रेले २ सय ५३ मत प्राप्त गरेका थिए । यो पदमा पनि मात्र १ मतको अन्तरले हारजित भएको छ । सहसचिव पदतर्फ एकनारायण कोइराला २ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी विष्णुबहादुर खवासले २३४ मत प्राप्त गरेका थिए ।

यसैगरि स्याङ्जाको पुतलीबजार नगरपालिकामा सम्पन्न नेपाली कांग्रेसको नगर अधिवेशनको सभापति पदमा सुरजकुमार अधिकारी विजयी भएका छन् । ४ सय ९६ मतदाता रहेकोमा मतदानमा ४ सय ५७ मत खसेको थियो । सभापति पदका लागि भएको प्रतिस्पर्धामा सुरजकुमार अधिकारीले २ सय ५९ मत प्राप्त गरेर विजयी भएका छन भने उनका निकटतम प्रतिस्पर्धी लेखनाथ शर्माले १ सय ९१ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिव पदमा ख्यामकान्त अर्याल २ सय ४५ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रामप्रसाद लम्सालले १ सय ९१ मत प्राप्त गरेका थिए । सहसचिव पदतर्फ पूर्णबहादुर गुरुङ दोर्जे २ सय ९७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी गौतमसिंह ठकुरीले १ सय ४४ मत प्राप्त गरेका थिए । यसरि हेर्दा ति दुवै पालिकामा दुई समुहको बिचमा प्रतिष्पर्धा भएको देखिएको छ ।

८ आश्विन २०८३, बिहीबार १०:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा