Play

बाढीमा पर्ने ४७५ को शव फेला: हालसम्म ३ हजार २ सयको उद्वार, आज मात्र ४४९ जनाको सेनाद्वारा उद्वार

गुरुकुल खबर


पोखरा, रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीमा परेर मृत्यु हुनेहरु मध्ये ४ सय ७५ जनाको शव फेला परेको छ । आज शुक्रबार बिहान सम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयको बिबरणमा उल्लेख गरिएको भएपनि दिउँसो सरकारका प्रबक्ताले गरेको पत्रकार सम्मेलनमा भने ४८९ जनाको शव भेटिएको जानकारी दिईएको छ।

सरकारकार प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना शव भेटिएको हो। प्रहरीका अनुसार नवलपरासी पूर्वमा ११२, नवलपरासी पश्चिममा २८ जना, तनहुँमा २८ जना, चितवनमा १८६ जनाको शव भेटिएको छ।

प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा १ सय १० जनाको शव भेटिएको छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तिनवटै सुरक्षा निकायबाट ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

यसैबीच, रसुवा बाढीबाट प्रभावित भएकाहरु मध्ये ४४९ जनालाई आज शुक्रबार नेपाली सेनाको टोलीले हवाइ उद्धार गरेको जनाएको छ ।आज दिउसो करिब १ बजेसम्ममा १३ भारतीय, ४ जर्मन नागरिक सहित ४४९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ

उद्धारका लागि बाढी प्रभावित सबै जिल्लाहरुमा नेपाली सेनाको मात्रै ४ हजार ५ सय फौज खटिएको र घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार तथा राहत वितरणको कामलाई निरन्तरता दिईएको सेनाले जनाएको छ ।

यता सरकारका प्रबक्ताले हालसम्म बाढीबाट प्रभावित ३ हजार २ सय ५३ जना व्यक्तिको उद्धार गरिएको जनाएका छन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले ३ हजार २ सय ५३ जनाको उद्धार गरेको जानकारी दिएका हुन् ।

नेपाली सेनाका ६ र निजी ९ गरी १५ वटा हेलिकप्टर उद्धारका लागि खटिएको पनि सरकारले जनाएको छ । त्यस्तै, चार वटा हेलिकप्टरमार्फत खाद्य तथा अन्य सामाग्री प्रभावित स्थानमा पठाइएको पनि सरकारले जनाएको छ । मन्त्री पोखरेलले सरकारको प्राथमिकता उद्धारमा रहेको जानकारी दिए ।

१२ भाद्र २०८३, शुक्रबार १४:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा