Play

पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीको सन्देश दिन पोखरामा ‘राइट टु प्रोटिन रन’ गरिंदै

गुरुकुल खबर


पोखरा, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीको सन्देश दिने उद्देश्यले पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ प्रतियोगिता हुने भएको छ  प्रतियोगिताको बारेमा जानकारी दिन बिहीबार पोखरामा आयोहित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार प्रतियोगितामा ४ हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआइए) को आयोजना र युएस सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को मुख्य प्रायोजनमा हुने प्रतियोगितामा नेपाल एथलेटिक्स संघले प्राविधिक सहयोग गर्ने जानकारी प्रतियोगिता कार्यक्रमका संयोजक समेज राजभण्डारीले दिए । खेलकुदको माध्यमबाट स्वास्थ्य, कृषि र पर्यटनलाई जोड्ने गरी यो जनचेतनामूलक अभियान सुरु गरिएको उनको भनाई थियो ।

विभिन्न ८ विधामा हुने प्रतिस्पर्धा अन्तर्गत २१ किलोमिटरको पुरुष तथा महिला हाफ म्याराथन, १० किलोमिटरको खुला पुरुष दौड र ५ किलो मिटरको खुला महिला दौड समावेश छन् । त्यसैगरी कक्षा १२ सम्मका छात्रका लागि ५ किलोमिटर र छात्राका लागि ३ किलोमिटरको दौड हुनेछ । ह्विलचेयरतर्फ पुरुष र महिला दुवैका लागि ३ किलोमिटरको दौड तय गरिएको छ  कुल पुरस्कार राशि १६ लाख रुपैयाँ रहेकोमा सबै विधाका उत्कृष्ट ५ धावकले नगद पुरस्कार पाउनेछन् । नियमअनुसार २५ प्रतिशत कर कट्टी गरेपछि विजेताहरुले कुल १२ लाख ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

दौड लेकसाइडको बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौंदी र पामे हुँदै लौरुक पुगेर पुनः सोही मार्गबाट बसुन्धरा पार्कमा आएर टुंगिनेछ । कार्यक्रमलाई मर्यादित र सुरक्षित बनाउन एनएफआइएले स्थानीय प्रशासन, ट्राफिक प्रहरी, सुरक्षा निकाय र स्वास्थ्यकर्मीसँग समन्वय गरेको छ । दौड मार्गका विभिन्न ठाउँमा पानी, प्राथमिक उपचार र एम्बुलेन्सको व्यवस्था समेत गरिनेछ । यस अभियानले अण्डा, मासु, माछा, दूध, सोया, तोफु, पनिर र गेडागुडीजस्ता प्रोटिनका स्रोतबारे सर्वसाधारणलाई सचेत गराउने लक्ष्य राखेको छ । यसले नयाँ धावकलाई अवसर दिनुका साथै पोखरालाई खेलकुद र स्वास्थ्य पर्यटनको केन्द्रका रुपमा चिनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

कार्यक्रम संयोजक समेजराज भण्डारीले भने, ‘राइट टु प्रोटिन रन केवल दौड मात्र होइन, यो समग्र स्वास्थ्य र पोषणबारे सचेतना फैलाउने एउटा विशेष अभियान हो ।’ यस कार्यक्रमलाई प्रभावकारी बनाउन भेटेरिनरी, पोल्ट्री, पर्यटन र स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाहरुले पनि सहकार्य गर्ने उनले बताए ।

४ भाद्र २०८३, बिहीबार २२:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा