काठमाडौँ, नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको काठमाडौँमा सम्पन्न ३ दिने राष्ट्रिय भेलाले बिभिन्न ५ प्रस्तावहरु पारित गरेको छ । भेलाले पार्टीको आगामी महाधिवेशन, धार्मिक पहिचान र संविधान संशोधन लगायतका विषयमा ५ बुँदे प्रस्ताव पारित गरेको हो ।
भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गर्दै हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई आत्मसात् गरि धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव सुनिश्चित गर्ने प्रतिबद्धता जनाउने निर्णय गरेको छ। सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने निर्णय पनि भेलाले गरेको छ ।
भेलाले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम १५ औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टी एकताबद्ध हुने विश्वास भेलाले व्यक्त गरेको छ। महाधिवेशनसम्म पार्टीका नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकहरूले संयोजन गर्ने निर्णय भएको छ।
वर्तमान संविधानमा देखिएका कतिपय अस्पष्टता र जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संशोधनका लागि कांग्रेसले पहल गर्ने भएको छ। संविधानमा व्यवस्था भए अनुसार नै सबै पक्षसँग संवाद गरी निकास दिने प्रस्ताव भेलाले पारित गरेको छ।
भेलाले पारित गरेका ५ वटा बुँदा यस प्रकार रहेका छन
















