Play

कांग्रेस नेता देउवालाई बाजागाजासहित स्वागत गरिने, कास्की सहितका जिल्लाबाट नेता कार्यकर्ता काठमाडौँमा

गुरुकुल खबर


काठमाडौँ, लामो समय नेपाल बाहिर रहेका नेपाली काँग्रेसका निबर्तमान सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहिबार स्वदेश फर्किंदैछन गत २०८२ को भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा आंफ्नो निवासमा मरणासन्न हुने गरि कुटाई खाएका देउवा दम्पति स्वास्थ्य उपचारको लागि भन्दै सिंगापुर पुगेका थिए केहि समय सिंगापुर र त्यसपछि हंगकंगमा बसेका देउवा थाई एयरवेजबाट थाइल्याण्ड हुँदै आज दिउँसो काठमाडौँ आउंदै छन।

उनलाई स्वागत गर्न पार्टीको बिशेष महाधिबेशनको बिपक्षमा अर्थात इतर समूहका शीर्ष नेताहरू र कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने तयारी भैरहेको छ । कांग्रेसको संस्थापन इतर समूहले साउन २९ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा देउवालाई स्वागत गर्न शीर्ष नेताहरू विमानस्थलमा पुग्ने कांग्रेस नेता मीन विश्वकर्माले गुरुकुल खबरलाई जानकारी दिए ।

देउवाको स्वागतका लागि राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा शीर्ष नेताहरू विमानस्थल पुग्ने बताउंदै उनले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरू देउवाको स्वागतका लागि विमानस्थल पुग्ने जानकारी दिए । विश्वकर्माका अनुसार देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्ह १२ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

स्वागतका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी गरिएको छ । देउवा गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । त्यहाँको उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका उनी त्यसपछि थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन् । स्वदेश फर्किएलगत्तै देउवा पार्टीको आन्तरिक गतिविधिमा सक्रिय हुने र साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको विश्वकर्माले बताए ।

यसैबीच, देउवाको स्वागत र शुक्रबारबाट काठमाडौँमा हुने देउवा इतर समुहको राष्ट्रिय भेलामा सहभगी हुन देशका बिभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरु काठमाडौँ पुग्ने क्रम जारी छ। कास्की जिल्लाबाट पनि ठुलो संख्यामा नेता कार्यकर्ताहरु काठमाडौँ पुगेको वा पुग्दै गरेको बताईएको छ। देउवालाई स्वागत गर्न अन्तराष्ट्रिय विमानस्थल बाहिर कांग्रेस नेता कार्यकर्ताको उपस्थिति रहने बताइएको छ।

पोखराबाट कांग्रेस नेताहरु ऋषि काफ्ले, शारदा पौडेल, शोभियत बहादुर अधिकारी, बिरेन्द्रनारायण बिजुक्छे, पोषनाथ शर्मा, गणेश बहादुर भट्टराई, दुर्गा तिमिल्सिना किसान संघका गण्डकी प्रदेश सभापति  पुष्पमणि भण्डारी, प्रदेश सांसद सरस्वती गुरुङ, महिला संघ कास्कीका सभापति मिना पाण्डे, उपसभापति इन्द्रमाया बानियाँ सम्मेलनमा भाग लिन काठमाडौँ पुगेको बताइन्छ।

यसैगरी, तरुण दलका पुर्व जिल्ला सचिब पदम बस्ताकोटी, पुर्व केन्द्रीय सदस्यहरु पशुपती भट्टराई, भरतजंग कुँवर, गोबिन्द लामिछाने, प्रितम गुरुङ, मेख तामांग, जनजाती महासंघका आशबहादुर गुरुङ, राजु गुरुङ, सुरेन्द्र शर्मा लगायत अन्य थुप्रै नेता कार्यकर्ताहरु पनि काठमाडौँ पुगिसकेको र केहि काठमाडौँ पुग्ने क्रममा रहेको बुझिएको छ ।

यसैबीच कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँको रुपमा तय गरेका छन।  जेनजी विद्रोहका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री देउवा स्वास्थ्य उपचारका लागि १३ फागुनमा सिंगापुर गएका थिए ।

देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेता–कार्यकर्ताले सांस्कृतिक बाजागाजासहितको झाँकीले स्कर्टिङ गरेर लैजाने तयारी छ। त्यसका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्बिरसहित उपस्थित हुन निर्देशन दिइएको नेताहरूले बताएका छन् ।

२८ श्रावण २०८३, बिहीबार १०:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा