पोखरा, माछापुच्च्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको बिचमा कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल तथा कर्मचारी सञ्चय कोषको तर्फबाट का.मु सह प्रसाशक भरतराज वस्तीले हस्ताक्षर गरेका छन ।
उक्त सम्झौता अनुसार, माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधा सहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्ने छ। उक्त सुविधा मार्फत कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्राप्त गर्नेछन्।
तलब व्यवस्थापन खाता सँगै बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न अतिरिक्त बैंकिङ सेवाहरू समेत उपलब्ध गराउने भएको छ। जसअन्तर्गत बचत तथा निक्षेप सुविधा, डिजिटल बैंकिङ सेवा, कर्जा सुविधा, कार्ड सेवा लगायतका बैंकिङ सुविधाहरू समावेश गरिएको बैंकले जनाएको छ।
माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न सरकारी कार्यालयहरुको तलब व्यवस्थापन खाता सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । साथै आफ्ना ग्राहकहरूलाई नवीनतम प्रविधिमाआधारित सरल, सुरक्षित र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई थप उत्कृष्ट वित्तीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।















