Play

माछापुच्छ्रे बैंक र कर्मचारी संचय कोषको बिचमा कोषका कर्मचारीलाई बिशेष सेवा प्रदान गर्ने सम्झौता

गुरुकुल खबर


पोखरा, माछापुच्च्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको बिचमा कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल तथा कर्मचारी सञ्चय कोषको तर्फबाट का.मु सह प्रसाशक भरतराज वस्तीले हस्ताक्षर  गरेका छन ।

उक्त सम्झौता अनुसार, माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधा सहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्ने छ। उक्त सुविधा मार्फत कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्राप्त गर्नेछन्।

तलब व्यवस्थापन खाता सँगै बैंकले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न अतिरिक्त बैंकिङ सेवाहरू समेत उपलब्ध गराउने भएको छ। जसअन्तर्गत बचत तथा निक्षेप सुविधा, डिजिटल बैंकिङ सेवा, कर्जा सुविधा, कार्ड सेवा लगायतका बैंकिङ सुविधाहरू समावेश गरिएको बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न सरकारी कार्यालयहरुको तलब व्यवस्थापन खाता सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । साथै आफ्ना ग्राहकहरूलाई नवीनतम प्रविधिमाआधारित सरल, सुरक्षित र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यस सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई थप उत्कृष्ट वित्तीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

१४ श्रावण २०८३, बिहीबार ११:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा