पोखरा, बिभिन्न धार्मिक बिषय संगै धर्मगुरु र माताहरुको बिषयमा सामाजिक संजाल मार्फत बिभिन्न अभिव्यक्ति दिंदै आएकी अभियन्ता वेदीका केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहीबार पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दिलीप गिरीले जानकारी दिएका छन ।
ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान थालेको जनाएको छ । केसीले आँफुलाई धर्मको नाममा भैरहेका गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने गरेको र यस्तै कुराहरु सामाजिक संजालमा व्यक्त गर्दै आएकोले उनि पछिल्लो समय चर्चामा थिइन् ।
उनले प्रशिद्द कथावाचिका राधिका दासीको बिरुद्दमा बिभिन्न किसिमले आलोचना गरेको कारण उनी राधिका दासीको उजुरीको आधारमा पक्राउ गरेको बताइएको छ ।















