Play

पर्बतको कुश्मामा ट्याक्टर दुर्घटना: दुईजनाको घटनास्थलमै मृत्यु, एक घाइते

गुरुकुल खबर


पोखरा, पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न. ९ सिल्मीस्थित एकोहोरेपाखामा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परि मृत्यु हुनेमा कुश्मा नगरपालिका- ३ दुर्लुङका ३० वर्षीय सुजन परियार र कुश्मा नगरपालिका – १० कटुवाचौपारीको साइकलचोकका १४ वर्षीय शिशिर लामिछाने हुन् । मृतक परियार ट्याक्टर चालक हुन सदरमुकाम कुश्माबाट ग्यादी तर्फ जाँदै गरेको उक्त    ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

उक्त  दुर्घटनामा परेर एक जना घाइते भएको र उनि स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ५ आरुचौरका २२ वर्षीय उदय सापकोटा रहेको प्रहरीले जनाएको छ । घाइते सापकोटाको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बलको चण्डिका गण र जिल्ला प्रहरी कार्यालय पर्वतको टोली घटनास्थल पुगेर घाइते र मृतकको उद्धार गरेको थियो । प्रहरी निरीक्षक राजनकुमार पटेलले घटनास्थलमा उद्धारका काम सकेर अनुसन्धान अघि बढाइएको जानकारी संचारकर्मीलाई दिएका छन ।

३ श्रावण २०८३, आईतवार ०४:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा