Play

गण्डकी प्रदेशका पांचजना अग्रज पत्रकारलाई सम्मान

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश अन्तर्गत बिभिन्न जिल्लामा लामो समयदेखि पत्रकारितामा संलग्न व्यक्तित्वहरुलाई गण्डकी प्रदेशको प्रेस रजिष्ट्रार कार्यालयले सम्मान गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले ५० हजार रुपैयासहित ताम्रपत्र र दोसल्लाले सम्मान गरे ।

सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुन् । तिन दिन अगाडी निधन भएका स्व. पराजुलीको सम्मान नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरु कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले ग्रहण गरे । सोहि समारोहमा सम्मानित व्यक्तित्वको बारेमा लेखिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि सोही अवसरमा विमोचन गरियो ।

गत १६ असार राति ९१ वर्षको उमेरमा निधन भएका पराजुली जनमत दैनिकका संस्थापक एवं सम्पादक हुन् । पोखरेली नवरत्नबाट सम्मानित उनी स्वतन्त्रता सेनानी पनि हुन् । उनले लेखेको समाचारकै कारण पृथ्वीनारायण क्याम्पसले जग्गा पाएको इतिहास छ । अर्का सम्मानित व्यक्तित्व गुभाजू आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुन् । पत्रकारिता उनका लागि पेसा मात्र भएन, दर्शन बन्यो। २०२५ सालमा ‘नेपाल पर्यवेक्षक’ पत्रिका हुँदै उनी ‘राष्ट्र पुकार’ साप्ताहिकबाट पत्रकारिता थालेका हुन् । बौद्ध दर्शनका अध्येता अग्रज पत्रकार गुभाजूलाई गत वर्ष पोखरेली नवरत्न सम्मान गरिएको थियो ।

२०१४ सालमा जन्मिएका अग्रज पत्रकार प्रेमचन्द्र रौनियारलाई ‘सीमामा उभिएको पत्रकार’को रुपमा चिनिन्छ । उनी तीन दशकदेखि नवलपुरमा रहेर पत्रकारिता गरिरहेका छन् । दर्जन बढी मिडियामा काम गरिसकेका उनी हाल एभिन्यूुजका संवाददाता हुन् । तनहुँका विश्वबन्धु भण्डारी पोखरा हुँदै तनहुँमा रहेर ५ दशकदेखि पत्रकारिता गर्दै आएका छन् । उनको सम्पादनमा ‘भञ्ज्याङ’ पत्रिका (२०३९ सालदेखि) निरन्तर प्रकाशित छ । उनले समाचार मात्र लेखनन्, इतिहास पनि लेखे । सरस्वती शर्मा जिज्ञासु समाज परिवर्तनकी अभियन्ता एवं साहित्यकार पनि हुन् । पर्वतमा उनले स्थापना गरेको माधुरी साहित्य प्रतिष्ठानबाट आजपर्यन्त साहित्यिक पत्रिका निस्कन्छ ।

अग्रज पत्रकार सम्मानका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।  सञ्चारसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता प्रेस रजिष्ट्रार बिमला भण्डारीले गरेकी थिइन् ।

२१ असार २०८३, आईतवार ०५:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा