Play

होटल संघ पोखराका कार्यालय प्रमुख खनालको निधनमा संघको पोखरा र गण्डकी समितिद्वारा दुख व्यक्त

गुरुकुल खबर


पोखरा, जाउँ है पोखरा अभियानको क्रममा पोखराका होटल तथा पर्यटन ब्यबसायीहरुसंगै पाल्पा पुगेका होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको अकल्पनीय निधन भएको छ । जाउँ है पोखरा अभियानको क्रममा पाल्पा पुगेको बेला आइतबार मश्तिश्काघात भएका खनालको उपचारको क्रममा निधन भएको हो ।

आइतबार मश्तिष्कघात भएपछि उपचारको लागि उनलाई पाल्पाबाट भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिएकोमा उपचारकै क्रममा दुई दिनपछि बुधबार उनको निधन भएको हो।

गोर्खा आरुघाटका ४१ वर्षीय खनालका श्रीमती र एक छोरी छन् । यसैबीच होटल संघ नेपाल गण्डकी र होटल संघ पोखराले छुट्टा छुट्टै शोक बिज्ञप्ती जारी गरि खनालको निधनले परिवार मात्र होइन, पोखराको पर्यटन तथा होटल क्षेत्रले एक इमानदार, मिलनसार र कर्मशील सहयात्री गुमाएको जनाएको उल्लेख गरेका छन ।

‘खनाललाई कर्तव्यनिष्ठ, मेहनती र सबैसँग आत्मीय सम्बन्ध कायम गर्न सक्ने व्यक्तित्वका रूपमा हामीले बुझेका थियौं । यस दुःखद घडिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छौं ।’ संघको गण्डकी प्रदेश समितिका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रे र संघको पोखरा समितिका अध्यक्ष लक्ष्मण सुबेदीले छुट्टाछुट्टै जारी गरेका शोक बिज्ञप्तीमा जनाइएको छ।

११ असार २०८३, बिहीबार १५:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा