Play

एनओसी अवार्डबाट पोखराका रंजितसहितका संचारकर्मी र खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानित

गुरुकुल खबर


पोखरा, पोखरामा रहेर लामो समयदेखि फोटो पत्रकारिता गर्दै आएका सुदर्शन रञ्जित ‘एनओसी बेष्ट क्यामेरापर्सन अवार्ड- २०२६’ बाट सम्मानित भएका छन। ओलम्पिक डेको अवसरमा नेपाल ओलम्पिक कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा फोटो पत्रकार रञ्जितलाई ५० हजार रुपैया राशिको उक्त अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रममा फोटो पत्रकार रञ्जितलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

‘समर्पणको सम्मान, उत्कृष्टताको उत्सव’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रममा एनओसी स्पोर्टस जर्नलिष्ट राइटिङमा खेलाडी डटकमका खेल पत्रकार अजय फुयाल र अनलाइन जर्नलिष्टमा हाम्रो खेलकुद डटकमकी सरिता श्रेष्ठलाई अवार्ड प्रदान गरियो। अवार्ड विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरे।

खेलकुद क्षेत्रका अन्य विशिष्ट व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको कार्यक्रममा स्टार कराते खेलाडी ऐेरिका गुरूङ र उसुका विजय सिञ्जाली एनओसी अवार्ड २०२६ को एथलिट अफ दी इयर अवार्ड प्राप्त गरेका छन्।  नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अन्तराष्ट्रिय ओलम्पिक डेको अवसरमा आयोजित कार्यक्रममा करातेकी कीर्तिमानी खेलाडी ऐेरिका महिलातर्फ एथलिट अफ दी इयर अवार्ड जित्न सफल रहिन्।

एथलिट अफ दी इयर मेल अवार्ड उसु खेलाडी विजयले प्राप्त गरे। नेपाली उसुका परिचित खेलाडी विजयले थाउलु वल्ड च्याम्पियनसिपमा ऐतिहासिक कास्य जितेका थिए। यस्तै वर्ल्ड कम्बाट च्याम्पियनसिपमा पनि कास्य प्राप्त गरेका थिए।

एनओसी युवा एथलिट महिलातर्फ टेनिसकी सिवाली गुरूङ र पुरूषतर्फ बक्सिङका नुर्बु थेन्डुप शेर्पाले अवार्ड हात पारे। एनओसी बेष्ट कोच पुरूषमा करातेका कुशल श्रेष्ठ र महिलामा कबड्डीकी हरिना थापाले अवार्ड प्राप्त गरे। नेपाल कराते महासंघ एनओसी उत्कृष्ट संघको अवार्ड जित्न सफल रह्यो। करातेले सर्वाधिक कुल तीन विधामा अवार्ड प्राप्त गर्यो।

अवार्ड कार्यक्रममा प्रेसिडेन्सियल रिकगनिजेसनबाट अशोक रत्न बज्राचार्य, चतुरानन्द राज वैद्य, गीता राना, नेपाल भुतपूर्व खेलाडी मञ्च पोखरा, शरद चन्द्र शाह मेमोेिरयल फाउन्डेसन, थन्डर बोल्ट स्पोर्टस एकेडेमी जेम्स स्कुल, सूर्य लाल भण्डारी र लक्ष्मी कुमारी श्रेष्ठ सम्मानित भएका थिए।‌

१० असार २०८३, बुधबार ०७:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा