Play

डेढ महिनादेखि रिक्त नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा अमृत लम्साल नियुक्त

गुरुकुल खबर


काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा करिब डेढ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नियुक्त गरिएको छ अर्थमन्त्री स्वर्णिम वाग्लेको निर्णय अनुसार सरकारले पूँजीबजारको प्रमुख संस्थाको रुपमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा लम्साललाई नियुक्त गरेर रिक्तता अन्त्य गरेको हो।

नयाँ अध्यक्ष नियुक्तिसँगै नेप्सेमा रोकिएका सुधारका कार्यक्रम, बजार पूर्वाधार सुदृढीकरण तथा प्रविधिमैत्री सेवा विस्तारका कामले गति लिने अपेक्षा गरिएको छ। साथै धितोपत्र बजारको पारदर्शिता, लगानीकर्ताको विश्वास अभिवृद्धि र नियामक निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउने दिशामा नयाँ नेतृत्वले भूमिका खेल्ने विश्वास गरिएको छ।

वैशाख १५ गते तत्कालीन अध्यक्षको राजीनामापछि रिक्त रहेको पदमा सरकारले नयाँ नियुक्ति गरेसँगै नेप्सेले पुनः स्थायी नेतृत्व पाएको छ।अध्यक्ष पद खाली रहँदा पूँजीबजारसँग सम्बन्धित विभिन्न नीतिगत निर्णय, संस्थागत सुधार तथा रणनीतिक योजनाहरू प्रभावित भइरहेका थिए।हाल अर्थ मन्त्रालयमा कार्यरत लम्साल वित्तीय तथा सार्वजनिक संस्थागत व्यवस्थापनमा अनुभव भएका अधिकारीका रूपमा परिचित छन्।

लम्सालले नेपाल पुनर्बीमा कम्पनी र नेपाल बैंकलगायत संस्थामा सञ्चालकको भूमिका निर्वाह गरिसकेका छन्। पूँजीबजारका सरोकारवालाले पनि लम्सालको नेतृत्वमा नेप्सेले बजार विकास, आधुनिकीकरण र संस्थागत सुधारका एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्।

३ असार २०८३, बुधबार २१:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा