Play

अधिकृत बिक्रेता संघ पोखराको निशुल्क स्वास्थ्य शिबिर, तीनसय जति लाभान्वित

गुरुकुल खबर


पोखरा, अधिकृत बिक्रेता संघ पोखराले आंफ्नो १९ औं स्थापना दिवस विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ । संघले शनिवार आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा झण्डै तीनसय जनाले बिभिन्न  रोगको स्वास्थ्य परिक्षण, दाँत सम्बन्धी रोगको उपचार, स्वास्थ्य परामर्श तथा विभिन्न रोगहरुको उपचार गरी लावान्वित भएका छन् । शिविरमा दाँत सम्बन्धी रोगको  निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, तथा अर्किड डेण्टल एण्ड अर्थोडन्टिक सेन्टर, रानीपौवाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । संघले सदस्यहरू र समुदायप्रतिको  सामाजिक उत्तरदायित्व वहन स्वरूप यस प्रकारको कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए । हरेक वर्ष संघले स्थापना दिवसका अवसरमा यस प्रकारको स्वास्थ्य संग सम्बन्धीत एवं जन सरोकारका कार्यक्रम  गर्दै आएको पनि उनले जनाए । आगामी वर्षहरूमा पनि संघले आफ्ना सदस्य तथा समुदाय प्रति विशेष ध्यान दिदै बिभिन्न सामाजिक कार्यहरु गर्दै अगाडी बढ्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष गोबिन्दप्रसाद कर्माचार्य, पूर्व अध्यक्ष हरिराज पन्त, निवर्तमान अध्यक्ष मनोजकुमार श्रेष्ठ , संघका वरिष्ठ उपाध्यक्ष दिलिपकुमार श्रेष्ठ , महासचिब राजेन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक ज्ञानेन्द्रनाथ गौतम लगायतले संघ मार्फत आवद्ध सदस्य साथीहरु तथा समाजका हरेक वर्गलाई लाभान्वित हुने खालका सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएका थिए । संघले आफ्नो १९ औं स्थापना दिवसका  अवसरमा एक हप्ता सम्म  विविध खेलकुदहरू लगाएत सदस्य आवद्ध बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने पनी बताईएको छ ।

१ असार २०८३, सोमबार १०:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा