Play

क्षत्री समाज पोखराको वडा अधिबेशन: वडा सभापतिमा अधिकारी, ८० बर्ष माथिका १४ जना सम्मानित

गुरुकुल खबर


पोखरा, क्षेत्री समाज नेपालको पोखरा महानगर समितिको २८ औँ वार्षिक साधारण सभा एवं चौथो अधिवेशन सम्पन्न भएको छ। साधारण सभा एबम अधिबेशनको अबसरमा  ८० वर्ष नाघेका १४ ज्येष्ठ नागरिकलाई समाजको विकास र उत्थानमा योगदान पुर्याएको भन्दै समाजको तर्फ बाट दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो

अधिवेशनले वीर बहादुर अधिकारी अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा पवित्रा के.सी., सचिवमा प्रेम बहादुर जीसी र कोषाध्यक्षमा सुजन थापा चयन भएका छन्। यसैगरी समितिको सदस्यहरूमा गीता केसी, कल्याणी रायमाझी, प्रेम बहादुर भण्डारी, मैया केसी, सम्पन्न खड्का, ज्योती थापा, कमला खत्री र तिर्थकुमारी क्षेत्रीलाई चयन गरिएको छ। क्षेत्री

अधिवेशनकै अवसरमा कुमारी थापा अध्यक्ष रहेको ‘क्षेत्री महिला समिति’ समेत गठन गरिएको छ। जसको उपाध्यक्षमा राधिका थापा, सचिवमा कुलमाया क्षेत्री र कोषाध्यक्षमा विमला अधिकारी चयन भएका छन् भने ९ सदस्यीय कार्यसमिति बनाइएको छ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद विन्दु कुमार थापाले समाजमा क्षेत्री जातिको एकता अपरिहार्य रहेको औंल्याउँदै यसले राष्ट्रहित र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुर्याउने बताए।

कार्यक्रममा क्षेत्री समाज नेपाल का केन्द्रीय महासचिव कृष्ण बहादुर थापाले समाजले तल्लो तहदेखि केन्द्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो संगठन विस्तार गरी क्षेत्री जातिलाई समेटेर रचनात्मक क्रियाकलापहरू अगाडि बढाउँदै आएको जानकारी दिए।

क्षेत्री समाजका संस्थापक सल्लाहकार शोभियत बहादुर अधिकारीले क्षेत्रीको पहिचान, राष्ट्र र राष्ट्रियताको हितमा समाज सधैं सबल र एकजुट हुनुपर्ने धारणा राखे।

क्षेत्री महिला समाजकी अध्यक्ष उर्मिला खड्का, महिला नेतृ मिलन थापा र सल्लाहकार प्रेम बहादुर जिसीले समाजको पहिचानलाई अझ मजबुत र कायम गराउन हरेक तह र तप्काका नागरिकहरू सक्रिय हुनुपर्नेमा जोड दिए।। उक्त अवसरमा क्षेत्री समाज जिल्ला समिति कास्कीका अध्यक्ष दिल बहादुर अधिकारी, पोखरा महानगर अध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष रेनु थापा, निर्वाचन संयोजक गणेश बहादुर अधिकारी र सदस्य मदन के.सी. लगायतले समाजको गतिविधि र भावी योजनामाथि आफ्ना भनाइहरू राखेका थिए।

पाेखरा महानगरपालिका वडा न. ८ समितिका अध्यक्ष वीर बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष निरज थापाले स्वागत मन्तव्य राखेका थिए भने सचिव पवित्रा के.सी.ले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण कुमारी थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

३० जेष्ठ २०८३, शनिबार २१:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा