पोखरा, नागढुङ्गा आमा समूहको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर- ९ को आर्थिक सहयोगमा पोखराको नागढुंगामा एक दिने अभिमुखीकरण तथा प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिममा आमा समूहमा आबद्ध झण्डै ४० जनाको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नम्बर ९ का वडा सदस्य लक्ष्मी पहारीले महिलाहरूको व्यक्तित्व तथा नेतृत्व विकासका लागि वडाले विभिन्न तालिमहरूमा सहयोग प्रदान गर्दै आएको बताइन ।
वडा सदस्य नन्दराम गिरीले तालिम लिएपछि समूहका सदस्यहरूमा आत्मविश्वास सँगै क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । आयोजक नागढुंगा आमा समूहका अध्यक्ष कमला श्रेष्ठले तालिमका लागि सहयोग उपलब्ध गराएकोमा वडा ९ कार्यालयप्रति आभार व्यक्त गरिन ।
समूहका उपाध्यक्ष सीमा लामिछानेले स्वागत मन्तव्य राख्दै तालिम एक दिनको मात्रै भएपनि समूहका लागि यो महत्वपूर्ण भएको बताइन।
प्रशिक्षक दुर्गा अधिकारीले अभिमुखीकरण तथा प्रस्तावना लेखनका बारेमा विस्तृत जानकारी गराउँदै कुनै पनि कार्यक्रम आयोजनाका लागि प्रस्तावना लेखन महत्वपूर्ण हुने बताइन। समूहका सहसचिव पार्वती अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिईन ।
















