Play

एनआईसी एशिया बैंकद्वारा पर्बतको देउपुर स्वास्थ्य चौकीलाई बिभिन्न सामग्री सहयोग

गुरुकुल खबर


पोखरा, एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्बत जिल्लाको देउपुरस्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा अन्य सामग्रीहरु सहयोग स्वरूप उपलब्ध गराएको छ । बिहिबार आयोजित कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारीहरु, बैंकका कर्मचारीहरु तथा स्थानीयहरुको उपस्थिति थियो ।

त्यस क्षेत्रका बिरामी तथा सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उक्त स्वास्थ्य चौकीको सेवा थप प्रभावकारी बनोस भन्ने लक्षसहित बैंकले स्वास्थ्य चौकीलाई ह्वीलचियर, डस्बिन, फुटस्टेप, कुर्ची, स्युचर सेट लगायतका सामग्रीहरु उपलब्ध गराएको एनआईसी एशिया बैंकका चिफ मार्केटिङ्ग अफिसर दिपेन्द्र शर्माले गुरुकुल खबरलाई जानकारी दिए ।

बैंकले सहयोग स्वरूप उपलब्ध गराएका स्वास्थ्य सामग्री एबम अन्य सामग्रीहरु बैंकका चिफ मार्केटिङ्ग अफिसर दिपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेरचनले मोदी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष एबम उक्त स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कार्की क्षेत्री र उक्त स्वास्थ्य चौकीका प्रमुख रुपेश कुमार कुशवाहालाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले उक्त स्वास्थ्य चौकीले उपलब्ध गराइरहेको स्वास्थ्य सेवा अझ प्रभावकारी भई स्थानीयस्तरमा स्वास्थ्य उपचार तथा सेवा लिने सेवाग्राहीलाई स्वास्थ्य सेवामा थप सहज हुने विश्वास बैंकले लिएको बैंकका प्रमुख सुचना अधिकारी एबम सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले गुरुकुल खबरलाई जानकारी दिए ।

२९ जेष्ठ २०८३, शुक्रबार ०९:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा