Play

कालिका, जनप्रिय र कन्या क्याम्पसका बिधार्थी, प्राध्यापक र कर्मचारीलाई यूआरएलमा छुट दिईने

गुरुकुल खबर


पोखरा,  पोखरामा लामो समयदेखि संचालनमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र पोखराका ३ वटा कलेजको बिचमा भएको छुट्टाछुट्टै सम्झौता अनुसार क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई स्वास्थ्य परीक्षणमा छुट दिईने भएको छ।

कालिका बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कन्या क्याम्पसका बिधार्थी, प्राध्यापक र कर्मचारीलाई स्वास्थ्य परिक्षणमा ३० प्रतिशत छुट दिईने सम्झौता भएको यूआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले गुरुकुल खबरलाई जानकारी दिए ।

रेफरेन्स ल्याबको रुपमा संचालन भैरहेको युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणित ल्याब भएको बताइएको छ ।

ति संस्थाहरुको बिचमा भएको सम्झौता अनुसार यी क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारीका साथै क्याम्पस सञ्चालन समितिका सदस्य र सिनेटरले अबको दुई बर्षसम्म युआरएलका हरेक रगत परीक्षणमा ३० प्रतिशत छुट पाउने छन् । यो सुविधा लिन उनीहरुले क्याम्पसले जारी गरेको परिचय पत्र साथमा ल्याउनुपर्ने छ ।

गण्डकी प्रदेशको अग्रणी ल्याब भएकाले सामाजिक उत्तरदायित्व वहन गर्न यस्तो सहकार्य गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले बताए । ‘सहज र सरल सेवा दिन हामी सधैँ प्रतिबद्ध छौँ,’ उनले भने । १३ वर्षअघि स्थापना भएको युआरएलले हाल गण्डकी प्रदेशका २४ स्थानबाट सेवा दिँदै आएको छ ।

२९ जेष्ठ २०८३, शुक्रबार ०९:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा