Play

पोखराका पुर्व बैंकर रेशम थापाको आँफैले चलाएको कार दुर्घटनामा परेर मृत्यु

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -४ गैरापाटन घर भएका पुर्व वैंकर रेशमबहादुर थापाको सवारी दुर्घटनामा परेर निधन भएको छ। उनि आंफ्नो पुरानो घर भएको ठाउँ पोखरा महानगरपालिका -३१ बेगनासको थापाथर पुगेर फर्किंदै गर्दा आज बिहिबार साँझ करिब साढे ६ बजे दुर्घटनामा परेका थिए।

दुर्घटनामा परेका थापालाई तत्काल उद्दार गरी उपचारका लागिलेखनाथको मोहरियास्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा लागिएको भएपनि चिकित्सकले करिब साढे ७ बजे नै मृत घोषणा गरेका थिए । कार दुर्घटनामा परेका थापाको टाउकोमा गम्भीर चोट लागेको देखिएको थापाका आँफन्त तिर्थ बस्नेतले गुरुकुल खबरलाई जानकारी दिए।

थापाथरमा उनले नयाँ घर समेत बनाएको र यस अगाडी पोखरास्थित घरबाट त्यहाँ जाने क्रममा उनि श्रीमती सहित जाने गरेको भएपनि यस पटक भने उनि एक्लै कार लिएर गाउँ पुगेको बुझिएको छ। उनि गाउँबाट पोखरा फर्किंदै गर्दा दुर्घटनामा परेका हुन।

थापा आँफैले चलाएको कार बेगनासताल -भोर्लेटार सडक खण्डको पचभैयास्थित सडकमा अनियन्त्रित भई दुर्घटना भएर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले बताएको छ। बर्षौंदेखि गाडी चलाउँदै आएका थापाको दुर्घटनालाई लिएर बिभिन्न आनुमान गर्न थालिएको छ। कतिपयले उनलाई प्रेसरले हानेको कारण बेहोस भएर दुर्घटना हुन पुगेको बताएका छन भने कतिपयले सडकमा कुनै कारणबस तर्सिएकोले दुर्घटना भएको हुनसक्ने अनुमान कतिपयको छ ।

कास्की प्रहरीका प्रबक्ता डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार थापाले चलाएको बा १३ च ४२०९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुन पुगेको थियो । स्व. थापाको शब अहिले अस्पतालमा राखिएको र भोलि शुक्रबार बिहान अन्त्येष्टि गरिने बुझिएको छ।

उनी तत्कालिन फेवा फाइनान्स पोखराको प्रमुख कार्यकारी अधिकृत रहेर लामो समय काम गरेका थिए । राजनीतिक रुपमा नेपाली काँग्रेसमा सक्रिय रहेका थापा यस अगाडी सम्पन्न स्थानीय तहको निर्बाचनमा पोखरा महानगरपालिका -३१ को वडाध्यक्षको आकांक्षी समेत रहेका थिए।केही वर्ष अघि उनका एक छोराको काठमाडौँमा आँफैले चलाएको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको थियो।

२८ जेष्ठ २०८३, बिहीबार २२:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा