Play

पोखराको तालचोकबाट ब्राउन सुगर र एघार लाख नगद सहित रबिना खातुन पक्राउ

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २९ तालचोक बस्ने २२ बर्षीय रुबिना खातुनलाई लागूऔषध खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ करिब २८ ग्राम र नगद ११ लाख ४६ हजार सहित प्रहरीले पक्राउ गरेको छ।

बेगनासताल क्षेत्रमा क्षेत्रमा लागू औषधको बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय शिशुवा र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले गत महिना अर्थात बैशाख २९ गते बेलुका उनलाई पक्राउ गरेको थियो।

निज रबिना खातुनबाट बरामद गरिएको लागु औषध डिजिटल तराजुबाट तौल गर्दा ३.५० ग्राम रहेको र उनको साथबाट मोवाईल पनि बरामद गरिएको जनाउंदै प्रहरीले निजको घरकोठा समेत खानतलासी गर्दा घरको बराण्डामा प्लाष्टिकको कचौराले छोपी लुकाई राखेको लागू औषध खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ २७.७० ग्राम समेत बरामद भएको बुझिएको छ।

पक्राउ परेकी खातुनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

२८ जेष्ठ २०८३, बिहीबार १९:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा