अमेरिका, पारिवारिक भ्रमणको शिलशिलामा अमेरिका पुगेका पत्रकार एबम विश्लेषक गेजा शर्मा वाग्लेलाई न्युवोर्कको हेम्पस्टेड नगरको तर्फबाट सम्मान गरिएको छ। हेम्पस्टेड नगरका सुपरभाइजर ( मेयर) जोन फेरेटी र कार्यकारी निर्देशक जहिद स्याएदको तर्फबाट वाग्लेलाई सम्मान गरिएको हो । आँफु संलग्न रहेको क्षेत्रमा क्रियाशील रहेर आंफ्नो राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वहरुहरुलाई उक्त नगरले सम्मान गर्ने क्रममा हाल नेपालबाट त्यस नगरमा पुगेका वाग्लेलाई पनि सम्मान गरिएको बताइएको छ।
हेम्पस्टेड नगरका सुपरभाइजरको तर्फबाट कार्यकारी निर्देशक जहिद स्याएदले वाग्लेलाई सम्मान गरेका थिए। सम्मान प्रदान गर्ने क्रममा उनले वाग्लेले नेपालको लोकतन्त्र सुदृढीकरणमा पुर्याएको योगदानको कदर गर्दैएशियन सम्पदा उत्सवको अवसरमा सम्मान गर्न पाएको भन्दै खुसी प्रकट गरेका थिए।
सम्मान प्राप्त गरेपछि वाग्लेले आंफ्नो सामाजिक संजालमा आँफुसहित चीन, भारत, पाकिस्तान, बंगलादेश, कोरिया, टर्की, र फिलिपिन्स गरि आठवटा देशका अन्य व्यक्तित्वलाई हेम्पस्टेड नगरले सम्मान गरेको भन्दै उक्त नगरको टिमप्रति आभार प्रकट गरेका छन। ‘ यो सम्मानले मलाई निकै गौरवान्बित तुल्याएको छ र भविष्यमा नेपालमा लोकतन्त्रको संस्थागत विकास एबम मुलुकको समृद्धि र नेपाल अमेरिकाबिचको द्विपक्षिय सम्बन्धका बारेमा थप उत्साहित भएर काम गर्ने प्रेरणा मिलेको छ।’ वाग्लेले आंफ्नो सामाजिक संजालमा लेखेका छन।
वाग्लेको सम्मानको लागि सोहि नगरमा बस्दै आएका नेपाली व्यवसायी एबम नेपाली जनसम्पर्क समितिका नेता बेदप्रसाद खरेल, एनआरएन एबम जनसम्पर्क समितिका नेता विश्वराज बाँस्तोला र न्युयोर्कस्थित नेपाली समुदायहरुको समन्वय समितिका अध्यक्ष बाबुराम शर्मा लगायतले समन्वय गरेका थिए। वाग्लेले उनीहरुप्रति समेत आभार प्रकट गरेका छन ।
















