Play

नेपाली राष्ट्रिय ह्याण्डबलको ३० सदस्यीय टोली बंगलादेशको राजधानी ढाका प्रस्थान

गुरुकुल खबर


पोखरा, अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ) को वार्षिक प्रतियोगिता साउथ एसियन जोन आइएचएफ ट्रफी- २०२६ मा भाग लिन नेपाली राष्ट्रिय ह्याण्डबल टोली मंगलबार बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गरेको छ। जेठ २७ गते बुधबारदेखि जेठ ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालले यू–१८ जुनियर र यू–२० युथ गरी दुई विधामा प्रतिस्पर्धा गर्नेछन। टोली असार १ गते नेपाल फर्किने कार्यक्रम छ ।

नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठकले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार ढाका प्रस्थान गर्नुअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रामचन्द्र मेहताले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै औपचारिक बिदाइ गरेका थिए ।

उनले खेलाडीहरूलाई राष्ट्रको गौरव उँचो राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरे । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, माल्दिभ्स, अफगानिस्तान र यमनको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले आफ्नो वार्षिक क्यालेन्डर अनुसार गर्दै आएको यस प्रतियोगितालाई नियमित रूपमा संचालन गर्दै आएको छ ।

यू–२० नेपाली टोलीमा रोशन बिक, हबिन छन्त्याल, विश्वास गायक, सुदीप घले, केभिन गुरुङ, निरज गुरुङ, ऋतिक परियार, सुन्दर फगामी, निशान पुन, विकल पुन, मिसन पुन, रिजन श्रेष्ठ, शोनिश तामाङ र विवेक थापा रहेका छन् । टोलीको प्रशिक्षकका रूपमा नेपाली राष्ट्रिय ह्याण्डबल खेलाडी दिनेश श्रेष्ठ रहेका छन् ।

यसैगरी यू–१८ टोलीमा अनिश बिक, अल्बिन गुरुङ, सुजल गुरुङ, दिव्य गुरुङ, सुबिन गुरुङ, सितल गुरुङ, निशान गुरुङ, अदिश फगामी, प्रज्वल पौडेल, संस्कार पुन, कुशल पुन, सुमित पुन, अनमोल श्रेष्ठ र सुशन थापा रहेका छन् । उक्त टोलीको नेतृत्व प्रशिक्षक तथा नेपाली राष्ट्रिय टोलीका कप्तान विशाल बस्नेतले गरिरहेका छन् ।

प्रशिक्षक विशाल बस्नेतले दुवै टोलीले पोखरामा करिब दुई महिनासम्म निरन्तर र कडा प्रशिक्षण गरेको उल्लेख गर्दै प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए । उनले भने, ‘खेलाडीहरूले अथक मेहनत र अनुशासनका साथ तयारी गरेका छन्। अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गर्दै नेपालको गौरव बढाउनेमा हामी पूर्ण विश्वस्त छौं। हाम्रो लक्ष्य उत्कृष्ट प्रदर्शनसँगै पदक जित्नु हो’।

२६ जेष्ठ २०८३, मंगलवार २१:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा