पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीको शुक्रबार जारी आदेश अनुसार कास्कीमा फागुन १ गतेबाट शैक्षिक संस्थाहरु भौतिकरुपमै सञ्चालन हुने भएका छन् ।
कास्की प्रशासनले स्वास्थ्य मापदण्ड पालन गर्दै शैक्षिक संस्थाहरु संचालन गर्न पाइने आदेश जारी गरेपछि विधालयहरु संचालन हुनेभएका हुन् ।
यसैगरी सपिङ मल र सुपर मार्केटहरु, विवाह, व्रतवन्ध लगायत धार्मिक कार्यक्रमहरु बढीमा ५० जना सहभागी गराएर सञ्चालन गर्नपाइनेछ ।
तर सिनेमा हल, डान्स बार, दोहोरी साँझ, जिमखान, फुटसल ब्युटीपार्लर लगायतका बढी भिडभाड हुने क्षेत्रहरु भने अर्को आदेश जारीनहुन्जेलसम्मलाई संचालन गर्न नपाइने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यद्धारा जारी आदेशमा उल्लेख छ ।
साथै भेला, जुलुश र सभा एवं धेरै मानिस जम्मा हुने कार्यक्रम पनि गर्न नपाइने भएको छ ।
२९ माघ २०७८, शनिबार ०२:१८ मा प्रकाशित