Play

शिशु कल्याण, डेभिज फल्स क्लब र प्रहरी चौकीको संयुक्त सरसफाइ तथा जनचेतना कार्यक्रम

गुरुकुल खबर


पोखरा, ५४ औं विश्व वातावरण दिवसको अवसरमा पोखरा-१७, छोरेपाटनस्थित शिशु कल्याण इङ्लिस स्कुल, डेभिज फल्स क्लब र छोरेपाटन प्रहरी चौकीको संयुक्त आयोजनामा जनचेतनामूलक तथा सरसफाइ कार्यक्रम गरिएको छ। पर्यावरण संरक्षण र सामुदायिक सचेतना जगाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम विभिन्न तीन चरणमा सञ्चालन गरिएको थियो।

कार्यक्रमको पहिलो चरण शिशु कल्याण इङ्लिस स्कुलको प्राङ्गणमा औपचारिक समारोहका बीच सुरु भएको थियो। विद्यालयका संस्थापक निर्देशक ईश्वर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईले वातावरण संरक्षणमा समाजका हरेक वर्ग र नागरिक जुट्नुपर्नेमा जोड दिए।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक पुष्पराज पौडेल र कक्षा १० की छात्रा वासना गुरुङले विश्व वातावरण दिवसको महत्व र वर्तमान समयमा पर्यावरणीय चुनौतीबारे आफ्ना धारणा राखेका थिए। उक्त पहिलो चरणको कार्यक्रमको सञ्चालन विद्यालयका अनुशासन विभाग प्रमुख सर्वजित गुरुङले गरेका थिए।

यसैगरी, कार्यक्रमको दोस्रो चरण छोरेपाटन प्रहरी चौकी अगाडि आयोजित कोणसभामा विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरू सुप्रिया सुनार र विनम गुरुङ तथा डेभिज फल्स क्लबका अध्यक्ष दीपक सुवेदीले वातावरण दिवसको सान्दर्भिकतामाथि प्रकाश पारेका थिए। सोही क्रममा वातावरणीय सौन्दर्य प्रबर्द्धन र हरियाली प्रवर्द्धनका लागि सामूहिक वृक्षारोपण समेत गरिएको थियो।

कार्यक्रमको तेस्रो तथा अन्तिम चरणमा स्थानीय तिब्बती क्याम्प र बेलघारी हुँदै विद्यालयसम्म प्लेकार्ड सहितको जनचेतनामूलक र्याली निकालिएको थियो। ‘वातावरण जोगाऔं, भविष्य सुरक्षित गरौं’ जस्ता नाराका साथ निकालिएको उक्त र्यालीका सहभागीहरूले सो क्षेत्रमा व्यापक सरसफाइ समेत गरेको विद्यालयका शिक्षक नारायण तिमिल्सिनाले जानकारी दिए।

२२ जेष्ठ २०८३, शुक्रबार १४:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा