Play

पोखराका युवा उद्यमीहरुको संस्था एनवाईइएफमा नयाँ कार्यसमिति, अध्यक्षमा सरोज कायस्थ

गुरुकुल खबर


पोखरा, नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) पोखरा च्याप्टरको हालै सम्पन्न २१ औं साधारणसभा तथा १६ औं अधिबेशनले  मञ्चको नयाँ कार्यसमिति चयन गरेको छ नयाँ कार्यसमितिको अध्यक्षमा युवा ब्यबसायी ई. सरोज कायस्थ निर्वाचित भएका छन् ।

मञ्चको कार्यसमितिको प्रेसिडेन्ट इलेक्टमा विवेक श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा हर्सल बिजुक्छे, प्रोग्राम चेयरमा सुरज श्रेष्ठ र फाइनान्स चेयरमा नुरज बाटाजू निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरव थापा, सिर्जन श्रेष्ठ, लकसन राज श्रेष्ठ र अस्मित भारीलाई चयन गरिएको छ । यस अगाडी मञ्चको अध्यक्षको जिम्मेवारी समेज राजभण्डारीले सम्हालेका थिए ।

मञ्चको नयाँ कार्यसमितिको अध्यक्षमा निर्बाचित भएपछि ई. सरोज कायस्थले पोखरालाई केवल पर्यटकीय सहरमा मात्र सीमित नराखी ‘टेक्नोलोजी एन्ड इनोभेसन सिटी’ का रूपमा विकास गर्न सकिने योजना प्रस्तुत गरे । उनले पोखरामा सूचना प्रविधिसंग सम्बन्धित ब्यबसायको सम्भावना धेरै रहेको उल्लेख गर्दै यसलाई सार्थक बनाउन योजनाबद्ध रूपमा लाग्ने बताए

‘यो सोचलाई व्यवहारमा उतार्न सूचना प्रविधि क्षेत्रमा युवाहरूको सहभाागिता बढाउने, आईटी सम्बन्धी स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने तथा उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन गर्न प्रयास गर्नेछौं’ उनले भने ।

गण्डकी प्रदेश सरकारद्वारा पोखरामा प्रस्तावित आईटी पार्क निर्माण र सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाउन केन्द्र, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, शैक्षिक संस्था र सरोकारवाला निकायसँग आवश्यक सहकार्य र साझेदारी गर्न आँफुहरु समेत प्रतिबद्ध रहेको उनले बताए । यस्तो अभियानले लगानी आकर्षित गर्ने र समग्र क्षेत्रीय आर्थिक समृद्धिमा समेत उल्लेखनीय योगदान पुग्ने विश्वास उनको छ ।

कार्यक्रममा नेपाली युवा उधमी मञ्चका केन्द्रीय अध्यक्ष सुदिप घिमिरेले युवा उद्यमीहरूको समग्र हित र सामाजिक क्षेत्रमा मञ्चले सक्रियताका साथ काम गरिरहेको बताए । मञ्चको पोखरा च्याप्टरको काम गर्ने शैली र सक्रियता प्रशंसनीय रहेको उनको भनाइ थियो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले देशको समग्र आर्थिक विकासमा युवा उद्यमीहरूले विशेष जोड दिनुपर्ने धारणा राखे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्यमशीलताका क्षेत्रमा मञ्चले महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको चर्चा गरे । उनले देशको आर्थिक, सामाजिक र नैतिक विकासमा समेत युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहने कुरामा जोड दिए । मञ्चका निवर्तमान अध्यक्ष समेज राजभण्डारीले आफ्नो कार्यकाल सफल बनाउन योगदान गर्ने सबैलाई आभार व्यक्त गरेका थिए ।

२० जेष्ठ २०८३, बुधबार १९:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा