Play

संचारकर्मी महेश, साहित्यकार सरुबिन्द, प्राध्यापक रामजी र अधिबक्ता बिमलसमेतलाई मातृशोक

गुरुकुल खबर


पोखरा, पोखराका रेडियोकर्मी तथा सञ्चारकर्मी महेश भण्डारीलाई मातृशोक परेको छ । पोखरा महानगरपालिका-१४ स्वागतनगर, चाउथे निबासी महेश भण्डारीकी आमा विष्णुमाया भण्डारीको ८५ बर्षको उमेरमा आइतबार निधन भएको हो । स्व. भण्डारीकोे अन्त्येष्टि पवित्र धार्मिकस्थल  तनहुँको देवघाटमा गरिएको थियो ।

स्वर्गीय विष्णुमाया भण्डारीका छ जना छोराहरु गोबिन्द, रामजी, तिर्थ, बिमल, दिपक र महेश भण्डारी रहेको छन जसमध्ये गोविन्द भण्डारीले निजामती सेवामा काम गरेर सेवा निवृत्त भएका छन उनि सरुबिन्दको नामबाट साहित्यिक क्षेत्रमा परिचित छन।

अर्का छोरा रामजी भण्डारी लामो समयदेखि प्राध्यापन पेशामा संलग्न छन।  यसैगरी अर्का छोरा तिर्थ भण्डारी केहि समय विदेश बसेर नेपाल फर्किएका छन भने विमल भण्डारी पोखरामा रहेर कानुन व्यवसायमा संलग्न छन । कान्छा छोरा महेश भण्डारी लामो समयदेखि संचारकर्ममा लागिरहेको छन।

पोखरामा एजुकेसनल कन्सल्टेन्सी समेत संचालन गर्दै आएका महेश भण्डारी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय छन। उनि स्थानीयस्तरमा सक्रिय मेरो नेपाल युवा क्लबका पुर्व अध्यक्ष समेत हुन। उक्त क्लबको संस्थापक अध्यक्ष महेशका जेठा दाजु गोबिन्द भण्डारी हुन।

१९ जेष्ठ २०८३, मंगलवार २२:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा