बिरगंज, बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । आज मंगलवार बिहान उनलाई पर्सा जिल्लाको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मेयर सिंहविरूद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत पर्साले नागरिकता लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सम्बन्धित समाचार ..
किर्ते नागरिकता सिफारिस प्रकरण: बिरगंजका मेयर सिंहसहित चारजना बिरुद्ध पक्राउ पुर्जी जारी














