Play

कास्की रेडक्रसद्वारा जुनियर, युवा तथा शिक्षक नायक गोष्ठी सम्पन्न

गुरुकुल खबर


पोखरा, नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल, शीतलादेवी सामुदायिक माबिको व्यवस्थापनमा ४३ औँ जिल्लास्तरीय जुनियर,युवा तथा ३२ औँ शिक्षक नायक गोष्ठी आइतवार सम्पन्न भएको छ । जेठ १६ र १७ गते गरी दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा कास्कीका १ सय १० ओटा सर्कलले भाग लिएका जुनियर युवा सर्कल संयोजक तथा रेडक्रस, कास्कीका उपमन्त्री डिल्लीराम बरालले जानकारी दिए ।

शीतलादेवी जुनियर रेडक्रस सर्कलका अध्यक्ष  सार्थक पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले रेडक्रसले राष्ट्रको भावी नेतृत्व तयार पारिरहेको बताए । नैतिकता, अनुशासन, विधि र प्रविधिको ज्ञान र सिप हासिल गर्दै अगि बढेमा युवा पुस्ताले देशको नेतृत्व गर्दा आजको भन्दा राम्रो हुने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले सामाजिक विभेदलाई अन्त्य गर्नका लागि सचेत भएर अगि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कास्कीकी अध्यक्ष उर्मिला भण्डारीले रेडक्रसले अनेकौँ अप्ठ्याराहरूका बाबजुद जुनियर तथा युवाहरू लाई आत्मनिर्भरता र सेवाभावसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिइन् । त्यस अबसरमा उत्कृष्ट शिक्षक नायकका रूपमा छोरेपाटन मावि, जुनियर रेडक्रस सर्कलका शिक्षक नायक युवराज सुवेदीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट सर्कलका रूपमा शिवशक्ति मावि, जनप्रिय मावि र बाराही माविका जुनियर रेडक्रस सर्कल तथा रेडक्रस राखी उपशाखा र रेडक्रस उपशाखा वडा नम्बर १२ लाई सम्मान गरिएको थियो ।

शिक्षक नायक र विद्यार्थीहरूका लागि दुई दिनसम्म विभिन्न सत्रहरू सञ्चालन गरिएका सत्रमा एआईको प्रयोगका सम्बन्धमा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू खेमराज पौडेल, रुपिन्द्र प्रभावी, श्रीकान्त पौडेल तथा धर्मेश जयसवालले सहजीकरण गरेका थिए । मानसिक व्यवस्थापनसम्बन्धी भक्तराज रसाइलीले, रेडक्रस गतिविधिबारे डिल्लीराम बरालले, रक्तदानसम्बन्धी अर्जुन ज्ञवालीले, मानवसेवामा युवाहरूको अनुकूलनबारे प्रिन्सा रेग्मीले सहजीकरण गरेका थिए ।

त्यसै गरी साइबर अपराध, विद्यालय स्वास्थ्य र मनोपरामर्श, विपद् तथा फोहोरमैला व्यवस्थापनबारे यमुना केसी, मोहन खड्का, सूर्यप्रसाद तिमिल्सिनालगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले कार्यक्रम आयोजनासम्बन्धी अनुभव सुनाउँदै धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले विद्यार्थी जीवनबाट नै रेडक्रसमा सेवाकर्ममा लागेका विद्यार्थी देखेर आफूलाई खुसी लागेको बताए । समाजमा विद्यमान विसङ्गति हटाउन पनि यस्ता कार्यक्रम आवश्यक रहेको भन्दै सभामुख धितालले मानव स्रोत नै सबैभन्दा ठुलो कुरा भएको बताए ।

कार्यक्रममा रेडक्रस कास्कीका मन्त्री सन्तोष अधिकारी, पूर्वअध्यक्ष डण्डराज शर्मा, पोखरा महानगरपालिका, वडा नम्बर १२ की सदस्य शान्ति कोइराला, विद्यालयका शिक्षक नायक रामचन्द्र अधिकारीलगायते बोलेका थिए भने विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए।

सोही अवसरमा १० बुँदे घोषणापत्र जारी गरिएको घोषणापत्र लेखन कार्यदलका संयोजक तथा रेडक्रस कास्कीका सदस्य श्रीकान्त पौडेलले जानकारी दिए । विद्यालयलाई सुरक्षित र बालमैत्री शिक्षण केन्द्रका रूपमा विकास गर्नका लागि जुनियर रेडक्रसका सदस्यहरूले भूमिका खेल्नेलगायतका बुँदा घोषणापत्रमा समेटिएको संयोजक पौडेलले जानकारी दिए ।

१७ जेष्ठ २०८३, आईतवार २३:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा