काठमाडौँ, मुक्तिनाथ विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरले शुक्रबार आंफ्नो पदभार ग्रहण गरेका छन् । बैंकको संचालक समितिको निर्णय अनुसार अघिल्लो महिना उनि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए
मानन्धरले विभिन्न वाणिज्य बैंकहरूको उच्च कार्यकारी भूमिका रही काम गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्क लिमिटेडमा सीईओ थिए । उनि बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानिन्छन
उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यास थप प्रभावकारी बनाउने विश्वास बैंकले ब्यक्त गरेको छ बैंकले सीईओ मानन्धरको सफल कार्यकालको शुभकामना दिँदै आगामी दिनमा अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको छ । ।
पदबहाली गर्दै नवनियुक्त सीईओ मानन्धरले बैंकको दीर्घकालीन लक्ष्य, उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको उच्च मनोबल तथा सरोकारवालाले राखेको विश्वास अझ सुदृढ बनाउँदै बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित समाचार ..
मुक्तिनाथ विकास बैंकका नवनियुक्त सिईओ तारा मानन्धरले जेष्ठ १ गतेबाट कार्यभार सम्हाल्ने














