Play

युनाइटेड रेफरेन्स ल्याबोरेटरी अब ‘युआरएल ग्रुप’मा परिवर्तन हुँदै, अध्यक्षमा ठाकुर पन्थ

गुरुकुल खबर


पोखरा, पोखराको न्युरोडबाट करिब डेढ दशक अगाडी सेवा शुरु गरेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) युआरएल ग्रुपमा परिबर्तन भएको छ। युआरएलको विशेष साधारणसभा तथा अधिवेशनले यसका २१ शाखालाई युआरएल ग्रुपमा रुपान्तरण गर्दै नयाँ नेतृत्व समेत चुनेको हो ।

अधिवेशनले ठाकुरप्रसाद पन्थको अध्यक्ष रहेको सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । ग्रुपको सचिव एवम् प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला र बोर्ड डाइरेक्टरहरुमा बालकृष्ण शर्मा, गीता कार्की पन्थ, डा कृष्णराज अधिकारी, डा वसन्त पगेनी र पुष्पराज कोइराला छन् ।

साधारणसभाले संस्था सञ्चालनको नयाँ कार्यविधि पारित गर्नुका साथै तीन उपसमिति बनाउने निर्णय पनि गरेको छ । युआरएलमा अब लेखा तथा खरिद उपसमिति, व्यापार प्रबर्द्दन उपसमिति र गुणस्तर नियन्त्रण उपसमिति बन्ने छन् । युआरएल ग्रुपका अध्यक्ष पन्थले गण्डकीकै पहिलो रेफरेन्स ल्याब युआरएललाई थप सशक्त तवरले अघि बढाइने बताए ।

‘काठमाडौं बाहिरको पहिलो रेफरेन्स ल्याब युआरएलले ग्रुप अन्तर्गत २१ शाखा र तीन ब्रान्ड नाम सहित २४ स्थानबाट सेवा दिइरहेको उनले बताए पन्थले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार ग्रुपले सम्भव भएसम्म छिटो कम्प्लिट डायग्नोस्टिक सेन्टर बनाउने योजना अगाडी सारेको छ ।

कार्यक्रममा प्रबन्ध निर्देशक कोइरालाले नयाँ प्रविधि, दक्ष जनशक्ति र सर्वसाधारणको आवश्यकता बमोजिमको सेवा प्रदान गरी युआरएलले अझ सशक्त तवरले सेवा प्रवाह गर्ने बताए।

युआरएल ग्रुपमा अहिले ५१ सेयर सदस्य छन् । ६० प्रतिशतभन्दा बढी आफैं आउने अर्थात् वाकिङ प्यासेन्ट भएको युआरएलमा अहिले प्राविधिक र गैरप्राविधिक गरी १ सय ५० भन्दा बढी कर्मचारी छन् । युआरएलले २०७२ सालबाट विभिन्न रोगका विशेषज्ञको सचेतनासहितको निशुल्क शिविर गर्दै आएको छ ।

२ जेष्ठ २०८३, शनिबार २१:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा