पोखरा, निजि क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य संघको काठमाडौँमा सम्पन्न ६० औं साधारण सभा एबम महाधिबेशनबाट कार्यकारिणी समितिको सदस्य पदमा निर्वाचित लेखनाथ उधोग बाणिज्य संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय र गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई एक कार्यक्रमको आयोजना गरेर बधाई तथा सम्मान व्यक्त गरिएको छ ।
कार्यक्रममा बोल्दै लेखनाथ उधोग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले महासंघको सदस्यमा नवनिर्वाचित आत्रेय र प्रदेश उधोग बाणिज्य संघको कोषाध्यक्षमा निर्बाचित ओझाका कारण लेखनाथ उद्योग वाणिज्य संघको ख्याती अझै बढेको भन्दै दुईजनाको निजयाले संघको छवि अझै उच्च भएको बताइन। अध्यक्ष पराजुलीले यस क्षेत्रका व्यवसायीहरुका साझा समस्याहरुलाई केन्द्रीय तहसम्म आवाज उठाउन संघ अझै सफल हुने विश्वास समेत व्यक्त गरिन ।

नेउबामहासंघको कार्यसमितिका पुर्व सदस्य एबम लेखानाथ उधोग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरीले सम्पुर्ण लेखनाथवासीहरुको एकताले नै सफलता मिलेको वताउँदै आगामी दिनमा अझै एकतावद्ध भएर अगाडि वढ्नुपर्नेमा जोड दिए।
लेखनाथ उधोग बाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका महासंघको कार्यसमितिका पुर्व सदस्य चन्द्रकृष्ण कर्माचार्यले आत्रेय र ओझाको विजय लेखनाथवासीहरुको मात्र जित नभई नेपाली उद्योगी व्यवसायीहरुको जितको रुपमा लिनुपर्ने र बिजयी भएकाहरुले पनि नेपालको निजि क्षेत्रको समस्या समाधानमा सहि ढंगले भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पुर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले संघमा आवद्ध सम्पुर्ण उद्योगी व्यवसायीहरुको साथ र सद्भावले नै आफु निर्वाचित हुन सफल भएको वताउँदै आगामी दिनमा सम्पुर्ण व्यवसायीहरुको भावना र मर्मबमोजिम अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरे ।
महासंघको कार्यकारिणी सदस्य पदमा निर्वाचित संघका पूर्वअध्यक्ष छत्रधर आत्रेयले महासंघको महाधिबेशनमा लेखनाथका उधोग ब्यबसायीहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको वताउँदै संघमा आवद्ध व्यवसायीहरुको एकता नै आफ्नो लागी शक्ति बनेको र आफु अत्याधिका मतका साथ निर्वाचित हुन सफल भएको वताएका थिए ।
लेखनाथ उधोग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वाँस्तोलाले गरेको संघले जनाएको छ ।













