Play

नेउबामहासंघमा नयाँ कार्यसमिति: अध्यक्षमा अन्जन श्रेष्ठ, कार्यसमितिमा निर्बाचित हुनेहरु को को ? (नामावली सहित)

गुरुकुल खबर


काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघको अन्तिम चुनावी परिणाम घोषणा गरिएको छ। बैशाख २१ उद्घाटन समारोह र २२ गते भएको मतदानको अन्तिम मत परिणाम मंगलवार दिउँसो घोषणा गरिएको हो। महासंघको विधानमा बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने ब्यबस्था रहेको कारण यस अगाडिका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष चुनिए पनि अन्य पदाधिकारीका लागि निर्वाचनमा प्रतिस्पर्धा भएको थियो।

चुनाबी प्रतिष्पर्धाको नतिजा अनुसार जिल्ला, नगर उद्योग वाणिज्य समूहबाट उपध्यक्षमा कृष्ण प्रसाद शर्मा (८७) र दिल सुन्दर श्रेष्ठ (८०) उपाध्यक्ष चुनिएका छन्। त्यसैगरी जिल्ला नगरको तर्फबाट कार्यकारिणी समिति सदस्य (खुल्ला)तर्फ जिल्ला नगर उद्योग वाणिज्य समूहबाट १५ जना निर्वाचित भएका छन्। यसरी निर्वाचित हुनेमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल छन्। यही समूहबाट कार्यकारिणी समिति सदस्य महिलातर्फ गिता अमात्य र हिरा भट्टराई विजयी भएका छन्।

त्यसैगरी जिल्ला नगर उद्योग वाणिज्य समूह कार्यकारिणी समिति सदस्यमा प्रत्येक प्रदेशबाट २ जनाका दरले १४ जना विजयी भएका छन्। जसमा कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ शाह र विकास कुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ, गण्डकीबाट पविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी विजयी भएका छन्।  सुदूरपश्चिमबाट पिताम्बर जोशी विजयी हुँदा कर्णालीबाट पदम बहादुर शाही र परीचन्द्र देवकोटा निर्विरोध निर्वाचित भएका छन्।

वस्तुगत संघहरुकोतर्फबाट महासंघको उपाध्यक्षमा नरेशलाल श्रेष्ठले ६३ मत ल्याएर विजयी भएका छन्।  उनका प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत मात्रैपाएका थिए।  यो समूहबाट कार्यकारिणी समिति सदस्यमा १३ जना विजयी भए। जसमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की (राजु), लिलेन्द्र प्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन्।  यो समूहबाट कास सदस्य महिलातर्फ सुनिता न्हेम्हाफुकी विजयी भइन्। वस्तुगत महासंघबाट कास सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भएको निर्वाचन समितिले जनाएको छ।

एसोसिएटतर्फबाट महासंघको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। उनले १ हजार ७९ मत ल्याए। उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत मात्र पाइन्।  त्यसैगरी एसोसिएटतर्फ कास सदस्यमा १७ जना विजयी भएका छन्। जसमा अम्बिका प्रसाद पौडेल, ईश्वर बहादुर जिसी, उज्ज्वल कुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्ण लाल महर्जन, दिवस न्यौपाने, प्रियराज रेग्मी, बटु लामिछाने, बाबुकाजी कार्की, राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा छन्।

एसोसिएटतर्फबाट कार्यकारिणी सदस्य महिलातर्फ  अभिज्ञा मल्ल र जुना माथेमा विजयी भएका छन् भने कास सदस्य द्विराष्ट्रिय उवासंघबाट मनोज पौडेल विजयी भएको समितिले जनाएको छ। यस्तै संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमन कुमार श्रेष्ठ कास सदस्यमा निर्वाचित भएका छन्।

२३ बैशाख २०८३, बुधबार २२:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा