पोखरा, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को अध्यक्ष पदमा आजदेखि अञ्जन श्रेष्ठले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। महासंघको विधानअनुसार अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका श्रेष्ठ यसपटक स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्। महासंघमा श्रेष्ठको यात्रा करिब २४ वर्षअघि अर्थात २०५९ सालबाट शुरु भएको हो नेपाल उधोग बाणिज्य महासंघको कार्यसमिति सदस्यका रूपमा महासंघमा प्रवेश गरेका उनि राजस्व समिति उपसभापति, उद्योग समिति सभापति तथा रोजगारदाता परिषद सदस्य लगायत विभिन्न जिम्मेवारी सम्हाल्दै अगाडी बढेका महासंघको ५७औँ साधारणसभा तथा अघिल्लो महाधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए।
व्यवसायिक रूपमा पोखराको लक्ष्मी ग्रुपसंग आबद्ध श्रेष्ठ करिब ५० बर्ष अगाडी उनको परिवारले पोखराबाट सुरु गरेको कन्फेक्सनरी उद्योगबाट व्यवसायिक यात्रा शुरु गरेर राष्ट्रिय छबी बनाउन सफल भएका युवा ब्यबसायी हुन। दुई दाजुभाई गणेशबहादुर श्रेष्ठ र बुद्धिबहादुर श्रेष्ठले सानो लगानीमा शुरु गरेको लक्ष्मी मिठाई भण्डार नै अहिलेको लक्ष्मी हाउस हो। लक्ष्मी हाउस अन्तर्गत अहिले कन्फेक्सनरी, प्लास्टिक, डेरी, अटोमोटिभ, इलेक्ट्रोनिक्स संग सम्बन्धि बिभिन्न नाममा दर्जनौं औधोगिक र व्यापारिक प्रतिष्ठान रहेका छन।
पोखराबाट शुरु भएको लक्ष्मी हाउस अहिले देशको ठुलो औधोगिक तथा व्यापारिक घराना बन्न पुगेको छ । लक्ष्मी हाउसको अध्यक्षमा अहिले पनि गणेशबहादुर श्रेष्ठ रहेको छन भने कार्यकारी निर्देशकहरुमा सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरन्जन श्रेष्ठ र निराकार श्रेष्ठ रहेका छन। लक्ष्मी हाउस अन्तर्गत करिब दुई हजारले रोजगारी पाएको बताइएको छ। विशेषगरी हुन्डाई गाडीको आधिकारिक वितरकका रूपमा लक्ष्मी समूहले अटोमोबाइल क्षेत्रमा बलियो उपस्थिति बनाएको छ। पछिल्लो समय स्टिल उत्पादन र सवारीसाधन असेम्बल उद्योगसमेत लक्ष्मी ग्रुप अन्तर्गत सञ्चालनमा ल्याइएको छ।
पोखराबाट नेपाल उधोग बाणिज्य महासंघको अध्यक्ष बन्ने अवसर पाउने अन्जन श्रेष्ठ दोश्रो व्यक्ति हुन्। यस अगाडी पोखराका ब्यबसायी आनन्दराज मुल्मीले पनि महासंघको अध्यक्ष भएर जिमेवारी सम्हालिसकेका छन । लक्ष्मी हाउससंग नै सम्बद्ध आजाद श्रेष्ठ यस अगाडी नेपाल उधोग बाणिज्य महासंघको उपाध्यक्ष बनेको भएपनि अध्यक्षको चुनाबी प्रतिष्पर्धामा भने पराजित बन्न पुगेका थिए । तर यस पटक महासंघको बिधानमा भएको ब्यबस्था अन्जन श्रेष्ठ महासंघको अध्यक्ष बन्ने निश्चित भएको हो । यस अगाडिको अधिबेशनमा बरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिष्पर्धाको बिचमा श्रेष्ठले चुनाब जितेका थिए ।
पोखरा क्षेत्रबाट महासंघमा तीनजनाको प्रतिनिधित्व रहने
यस पटक पोखरा र लेखनाथ क्षेत्रबाट महासंघको कार्यसमितिमा अध्यक्ष अन्जन श्रेष्ठसहित तीनजनाले प्रतिनिधित्व गर्ने भएका छन। जिल्ला तथा नगर उद्योग बाणिज्य संघको तर्फबाट खुला सदस्य पदमा बिजयी लेखनाथ उधोग बाणिज्य संघका पुर्व अध्यक्ष छत्रधर आत्रेय र जिल्ला नगर उधोग बाणिज्य संघको तर्फबाट महिला सदस्य पदमा बिजयी हिरा भट्टराईले पनि कार्यकारिणी समितिको सदस्यको रुपमा पोखरा क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएका हुन्। यस बाहेक अध्यक्षको जिम्मेवारीमा रहेका श्रेष्ठले पोखरा क्षेत्रबाट महासंघको कार्यसमितिमा कसैलाई मनोनित गर्न समेत सक्ने अबस्था रहेकोले थप व्यवसायीको प्रतिनिधित्व समेत हुन्सक्ने सम्भावना छ।
यस अगाडी पोखराबाट नेपाल उधोग बाणिज्य महासंघमा लेखनाथ उधोग बाणिज्य संघका संस्थापक अध्यक्ष एबम पोखराको ब्यबसायिक घराना कर्माचार्य हाउसका चन्द्रकृष्ण कर्माचार्यको साथै पोखरा उधोग बाणिज्य संघका पुर्व अध्यक्ष दामु अधिकारी र लेखनाथ उधोग बाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरिले पनि नेपाल उधोग बाणिज्य महासंघको कार्यकारिणी समितिको सदस्य रहेर काम गरिसकेका छन।














