Play

नेउबामहासंघमा जिल्ला/नगर उबासंघबाट पोखराकी भट्टराई महिला सदस्यमा निर्बाचित, गण्डकीका प्रबिन्द्र र सुबिन्द्र बिजयी

गुरुकुल खबर


काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको पोखराकी ब्यबसायी हिरा भट्टराई निर्बाचित भएकी छन। उनि पोखरा उध्प्ग बाणिज्य संघको पुर्व उपमहसचिब समेत हुन्। पोखरा उधोग बाणिज्य संघको अध्यक्षमा समेत चुनाबी मैदानमा उत्रिएकी भट्टराई अहिले निजि क्षेत्रको छाता संस्था उधोग बाणिज्य महासंघको सदस्यमा निर्बाचित हुन् सफल भएकी छन।

महासंघको कार्यसमितिमा जिल्ला तथा नगर उधोग बाणिज्य संघबाट प्रतिनिधित्व गर्ने सदस्यमा महिलाहरुको तर्फबाट दुई जना निर्बाचित हुने ब्यबस्था गरिएकोमा पोखरा उधोग बाणिज्य संघको तर्फबाट उमेदवारी दिएकी हिरा भट्टराई र नुवाकोट उधोग बाणिज्य संघको तर्फबाट गीता अमात्य बिजयी भएका हुन। उक्त पदमा पोखराकी भट्टराई र नुवाकोटकी अमात्य सहित भक्तपुरकी रोशनी मैया, काठमाडौँकी सुष्मा महरा श्रेष्ठ गरि ४ जना महिलाको उमेदवारी परेको थियो।

त्यसैगरी, भूगोलतर्फको कार्यकारिणी सदस्य अर्थात प्रदेश बाट प्रतिनिधित्व गर्ने दुई/दुई जना सदस्यहरुमा गण्डकी प्रदेशबाट प्रविन्द्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ बिजयी भएका छन। गण्डकी प्रदेशबाट आबश्यक दुई सदस्य पदमा पांच जनाको उमेदवारी परेकोमा तनहुँका प्रबिन्द्र श्रेष्ठ र म्याग्दीका सुबिन्द्र श्रेष्ठ बिजयी भएका हुन।

गण्डकी प्रदेशबाट मध्यबिन्दु नवलपुरका ओमप्रसाद पौडेल, वालिंगका चेतनारायण श्रेष्ठ, देबचुली नवलपुरका धर्मराज बस्याल, तनहुँका पबिन्द्र कुमार श्रेष्ठ र म्याग्दी उधोग बाणिज्य संघका सुबिन्द्र श्रेष्ठ सहित पांचजना चुनाबी मैदानमा उत्रिएका थिए ।

अन्य प्रदेशबाट बिजयी हुनेहरुमा कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विक, मधेश प्रदेशबाट विकासकुमार सारडा र अमरनाथ शाह, बागमती प्रदेशबाट सविन श्रेष्ठ र प्रकाश मानन्धर, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा तथा सुदूरपश्चिम प्रदेशबाट पिताम्बर जोशी र पदमराज चौलागाईं रहेका छन् ।

 

२३ बैशाख २०८३, बुधबार ०८:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा