Play

राष्ट्रिय ह्याण्डबल रेफ्री उत्पादन गर्न पोखरामा प्रशिक्षण, दक्ष जनशक्ति उत्पादनमा जोड

गुरुकुल खबर


पोखरा, नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यसहित आयोजित पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको हो । पोखरा ह्याण्डबल एकेडेमीमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले सहभागी प्रशिक्षार्थीहरूलाई दीक्षित भएको प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले नेपाली ह्याण्डबलको विकाससँगै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यस्ता प्रशिक्षण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए । प्रशिक्षणबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्दै सक्षम युवा खेलाडी तथा दक्ष रेफ्री उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्न सहभागीहरूलाई अध्यक्ष गुरूङले आग्रह गरे । साथै, राष्ट्रिय ओलम्पिक एकेडेमीले आगामी दिनमा विभिन्न खेलका प्रशिक्षण तथा खेलाडी उत्पादन केन्द्रित कार्यक्रमहरू अगाडि बढाउने जानकारी समेत दिए ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिनाले ह्याण्डबल खेलको लोकप्रियता बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको गरिमा उकास्ने लक्ष्यसहित संघ अघि बढिरहेको बताए। उनले सातै प्रदेशमा युवा प्रतिभा पहिचान, खेलाडी उत्पादन र प्राविधिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख गर्दै भने“हामी ह्याण्डबललाई देशव्यापी रूपमा विस्तार गर्न चाहन्छौँ ।

यसका लागि खेलाडी मात्र होइन, दक्ष प्रशिक्षक र रेफ्री उत्पादन पनि उत्तिकै आवश्यक छ।” रेफ्रि प्रशिक्षण कार्यक्रमले नेपाली ह्याण्डबल खेलको विकासका लागि कोशेढुङ्गा सावित हुने बताउँदै अध्यक्ष तिम्सिनाले भने–“केही व्यक्ति विशेषहरु संघका गतिविधि ठप्प पार्न अझै पनि उद्धत रहेका छन् ।  उनीहरुको त्यो कोठा भित्रबाट गरेको प्रयासले नेपाली ह्याण्डबलको गतिलाई अब रोक्न सक्दैन ।”

कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भारतका ह्याण्डबल मुख्य प्रशिक्षक अनुप सिंह काश्वानले नेपाल–भारतबीच ह्याण्डबल खेलको विकासका लागि सहकार्यका नयाँ आयामहरू खोल्न आफू सदैव सकारात्मक रहेको बताए । उनले खेलले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गर्दै बदलिँदो समयसँगै ह्याण्डबलका नयाँ नियम र प्रविधिप्रति खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरू सजग हुनुपर्नेमा जोड दिए । उनले नेपाली खेलाडीहरूको अनुशासन, समर्पण र उच्च खेलभावनाको प्रशंसा गर्दै भविष्यमा नेपाली ह्याण्डबलले अझ राम्रो सम्भावना बोकेको बताए ।

समापन कार्यक्रममा नेपाल ह्याण्डबल संघका महासचिव तथा गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठक, भारतका प्रशिक्षक तेजवीर सिंह लगायतले पनि ह्याण्डबलको उज्ज्वल भविष्यका लागि सामूहिक सहकार्य आवश्यक रहेको धारणा राखेका थिए । पाँच दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा पाँच प्रदेश तथा विभागीय टोलीका गरी २५ जना रेफ्रीहरूको सहभागिता रहेको थियो ।

प्रशिक्षण अवधिमा खेलका नवीन नियम, रेफ्रीको भूमिका, खेल सञ्चालनका प्राविधिक पक्ष तथा व्यवहारिक अभ्यासहरू समेटिएको थियो । प्रशिक्षणले नेपाली ह्याण्डबलमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै खेलको स्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

२० बैशाख २०८३, आईतवार १८:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा