Play

रोल्पाको जलजलामा जीप दुर्घटना, बिस जनाको मृत्यु

गुरुकुल खबर


रोल्पा, रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या बिस पुगेको छ । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दिउँसो भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

भोलि बैशाख १८ गते लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको जिप रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजला क्षेत्रमै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेले जानकारी दिए । उनका अनुसार लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

प्रहरी निरिक्षक बगालेका अनुसार दुर्घटना भएको क्षेत्रमा भारी वर्षा भएका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार जिप भिरबाट निकै तल खसेको थियो जिप खसेको ठाउँसम्म प्रहरी र उद्धार टोली पुगेर उद्वार गरेको थियो।

१७ बैशाख २०८३, बिहीबार २१:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा