Play

पोखरामा फोटो पत्रकारिता दिवस: २०६२ को जनआन्दोलन, ७२ को भूकम्प र जेनजी आन्दोलनका फोटोको प्रदर्शनी

गुरुकुल खबर


पोखरा, नेपाल फोटो पत्रकार महासंघ कास्कीले पोखरामा फोटो प्रदर्शनी आयोजना गरेर राष्ट्रिय फोटो पत्रकारिता दिवस- २०८३ मनाएको छ।  बिस.  १९८४ वैशाख १३ गते गोरखापत्र दैनिकमा पहिलोपटक फोटो समाचार छापिएको दिनको सम्झनामा नेपालमा फोटो पत्रकारिता दिवस मनाउन लागिएको हो ।

विरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो गोरखापत्र दैनिकमा प्रकासित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरुले उक्त दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् ।

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर नेपाल फोटो पत्रकार संघ, कास्कीले २०६२/६३ को जनआन्दोलन,  २०७२ को भूकम्प र २०८२ को जेनजी आन्दोलनसंग सम्बन्धित फोटोहरुको प्रदर्शनी गरेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३ को सहयोगमा पोखरा–३ नदिपुरस्थित कोर्टयार्डको प्रांगणमा आयोजित फोटो प्रदर्शनीलाई ‘फोटोमा ६२, ७२ र ८२’ नाम दिईएको थियो । प्रदर्शनीमा कास्कीका फोटो पत्रकारहरुले कैद गरेका करिब १ सय वटा फोटो राखिएको थियो ।

प्रदर्शनीमार्फत नयाँ पुस्तालाई देशले पार गरेका संघर्ष र परिवर्तनका बारेमा जानकारी दिने प्रयास गरिएको आयोजक फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुले गुरुकुल खबरलाई जानकारी दिए ।  आगामी वर्ष पनि फोटो पत्रकारिता दिवस रचनात्मक कार्यक्रमका साथ् मनाइने अध्यक्ष गुरुङको भनाई थियो ।

नेपालमा पछिल्लो तिन दशकमध्ये हरेक दशकका ठूला घटनालाई फोटोका माध्यमबाट प्रदर्शन गर्ने क्रममा २०६२/०६३ को जनआन्दोल, २०७२ को भूकम्प र २०८२ मा भएको जेनजी आन्दोलनको फोटोहरु प्रदर्शनीमा समाबेश गरिएको छन ।

प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिका -३ का वडाध्यक्ष प्रकाशमान उदासले गरेका थिए । कार्यक्रममा उनले तस्बिर हेर्ने मात्र नभएर अनुभव गर्ने खालको हुनुपर्ने बताए । ‘फोटो केवल फ्रेम वा क्यानभासमा सजाउने चिज मात्र नभएर यो एउटा कला पनि हो । फोटो पत्रकारको एक क्लिकले इतिहास पनि बताउँछ’ उनले भने।

कार्यक्रममा बोल्दै पोखरा -९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले अक्षर पढेर भन्दा पनि तस्बिर हेरेर धेरै विषय बुझ्न सकिने बताए । ‘फोटो पत्रकारहरुले जे देख्छ त्यही क्लिक गर्छ । कुनै बनावटी कुरा पनि हुदैंन्,’ उनले भने।

कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिका पुर्व अध्यक्ष एबम नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपसभापति गंगाधर पराजुलीले फोटो प्रदर्शनीले पुरानो इतिहासलाई जिबन्त बनाउने भन्दै सैयौं शब्दले बर्णन गर्न नसकिने कुरा एउटा तस्बिरले गर्नसक्ने भएकोले फोटोग्राफीको महत्व बढ्दै गएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले समाचारलाई थप विश्वसनीय बनाउन फोटो महत्वपूर्ण भूमिका हुने कुराको चर्चा गरे ।

फोटो पत्रकारिता दिवसका अवसरमा फोटो मार्फत जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनका बारेमा जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको कार्यक्रम संयोजक समेत रहेकी संस्थाकी सहसचिव दुर्गा रानामगरले बताइन ।

१३ बैशाख २०८३, आईतवार २०:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा