Play

मुक्तिनाथ विकास बैंकका नवनियुक्त सिईओ तारा मानन्धरले जेष्ठ १ गतेबाट कार्यभार सम्हाल्ने

गुरुकुल खबर


पोखरा, मुक्तिनाथ विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले आगामी जेष्ठ १ गतेबाट जिम्मेवारी सम्हाल्ने भएका छन। मुक्तिनाथ विकास बैंकको यहि बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई बैंकको सिईओमा ४ बर्षको लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।

बैशाखमा संचालक समितिले निर्णय गरेको भएपनि नवनियुक्त प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले आगामी जेठ १ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको  बैंकका सुचना अधिकारी तिलबहादुर गुरुङले गुरुकुल खबरलाई दिएका छन।

हाल कार्यरत सिइओ प्रद्युमन पोखरेलको कार्यकाल यही वैशाख मसान्तमा सकिने भएकोले मानन्धरलाई ४ बर्षे कार्यकालका लागि सीइओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

सिईओमा नियुक्त मानन्धरले नेपाल बंगलादेश बैंकबाट बैंकिङ करीयर सुरु गरेको भएपनि धेरै बैंकमा कार्य अनुभव हासिल गरिसकेका छन उनले एनसीसी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतमा वित्तीय संस्थामा काम गरिसकेको अनुभव छ।

पछिल्लो समय बैंकिंग क्षेत्र छोडेर डिसहोम मिडिया नेटवर्कमा सिइओका रुपमा काम गर्न पुगेका मानन्धर फेरी बैंकिंग क्षेत्रमा नै फर्किएका छन।

उनले केही समय अघि मुक्तिनाथ विकास बैंकको डेपुटी सिइओका रुपमा  समेत काम गरिसकेको कारण मुक्तिनाथ विकास बैंकमा काम गर्न र बैंकलाई अझै सफलता तर्फ लैजान मानन्धरको अनुभव र क्षमता उपयोगी हुने बिश्वास बैंक संचालक समितिले लिएको छ ।

११ बैशाख २०८३, शुक्रबार २२:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा