Play

पोखरामा आइतबार फोटो प्रदर्शनी हुने : २०६२, २०७२ र २०८२ का घटना फोटोमा हेर्न पाइने

गुरुकुल खबर


पोखरा, नेपाल फोटो पत्रकार संघ, कास्कीले ९९ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी गर्ने भएको छ । फोटो पत्रकारिता दिवसका अवसरमा पोखरा ३ नदिपुरस्थित कोर्टयार्ड (मिनमार्ट) प्रांगणमा बैशाख १३ गते आइतबार ‘फोटोमा ६२, ७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गर्न लागिएको संस्थाका अध्यक्ष राम गुरुङले जानकारी दिए ।

नेपालमा पछिल्लो ३ दशक यता हरेक १०/१० वर्षमा ठूला घटनालाई फोटोका माध्यमबाट प्रदर्शन गर्न लागिएको उनले बताए । ‘२०६२/०६३ मा जनआन्दोलन भयो । त्यसको १० वर्षपछि २०७२ मा भूकम्प गयो, सोही वर्ष नेपालले नयाँ संविधान पनि पायो,’ उनले भने, ‘त्यसको ठिक १० वर्षपछि गत भदौमा जेननी आन्दोलन भयो । सोही समयमा कास्कीमा कार्यरत फोटो पत्रकारले आफ्ना क्यामेरामा कैद गरेका फोटोलाई एकै कार्यक्रममा प्रदर्शन गर्न लागिएको हो ।’

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३ को कार्यालयले सहकार्य गरेको कार्यक्रम संयोजक एबम संस्थाकी सहसचिव दुर्गा रानामगरले जानकारी दिइन् । ‘हामी फोटो पत्रकारहरुका लागि वैशाख १३ अर्थात फोटो पत्रकारिता दिवस अति नै महत्वपूर्ण छ । हामीले हरेक वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएका छौं,’ उनले भनीन्, ‘यो वर्ष पनि दिवसलाई ऐतिहासिक बनाउनका लागि ‘फोटोमा ६२, ७२ र ८२’ शीर्षकको फोटो प्रदर्शनी गर्ने तयारी गरिरहेका छौं ।’

उक्त दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म फोटो प्रदर्शन गरिने संयोजक रानामगरले जानकारी दिइन् । प्रदर्शनीमा कास्कीका फोटो पत्रकारहरुले कैद गरेका ६० वटा फोटो राखिनेछ । प्रदर्शनीले नयाँ पुस्तालाई देशले पार गरेका संघर्ष र परिवर्तनका बारेमा जानकारी दिन सकिने संस्थाले बताएको छ । साथै, विभिन्न समयमा भएका घटना एउटै थलोमा हेर्न पाउनुलाई संस्थाले इतिहासको जीवन्त दस्तावेजको रुपमा लिएको छ ।

वि.सं १९८४ वैशाख १३ गते गोरखापत्रमा प्रथम पटक फोटो समाचार छापिएको थियो । विरगञ्जकी एक महिलाले चर्खाबाट धागो काट्दै गरेको फोटो गोरखापत्रमा प्रकासित भएको दिन बैशाख १३ लाई नेपालका फोटो पत्रकारहरुले  राष्ट्रिय फोटो पत्रकारिता दिवसको रुपमा मनाउँदै आएका छन् ।

११ बैशाख २०८३, शुक्रबार २०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा