Play

माछापुच्छ्रे बैंकले एमबिएल आइटी कर्जाको नाममा नयाँ कर्जा योजना शुरु गर्दै

गुरुकुल खबर


पोखरा, डिजिटल रूपान्तरणलाई प्रबर्द्दन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले नयाँ ऋण योजनाको रुपमा एमबिएल आइटी कर्जाको नाममा नयाँ कर्जा योजना अगाडी सारेको छ ।

सुचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्य सहित शुरुवात गरिएको यस कर्जा योजनाले सुचना प्रविधिको क्षेत्रमा आईरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नका साथै नेपालमा विकसित हुँदै गएको सुचना प्रविधिलाई थप सुदृढ  बनाउने अपेक्षा बैंकले गरेको छ ।

यस कर्जाले नेपालका आईटी/सफ्टवेयर कम्पनीहरूलाई चालु पुँजी , पुर्वाधार तथा सञ्चालन विस्तारका लागि सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराउने योजना राखेको छ । यस योजना अन्तर्गत कर्जा लिनका लागि सम्बन्धित सरकारी निकायमा दर्ता भएका व्यवसायहरू मात्र योग्य रहनेछन ।

यसमा आईटी/सफ्टवेयर फर्म (एकल वा साझेदारी), प्राइभेट लिमिटेड कम्पनीहरु पदर्छन् र यस्ता कम्पनीहरूले प्यान, भ्याट जस्ता कर नियमितरुपमा तिरेको हुनुपर्नेछ ।

यस किसिमको ऋण लिनको लागि सफ्टवेयर विकास, आईटी आउटसोर्सिङ, आईटी सेवा,साइबर सुरक्षा, फिनटेक, एआई, मेशिन लर्निङ जस्ता क्षेत्रमा कम्तिमा दश बर्षदेखि संचालनमा रहेर काम गरेको हुनुपर्ने बैंकले जनाएको छ।

११ बैशाख २०८३, शुक्रबार १७:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा