Play

कस्केलीहरुको विश्व सम्मेलन युरोपमा हुने, सम्मेलन तयारीको लागि अध्यक्ष बाँनिया युरोप भ्रमणमा जाँदै

गुरुकुल खबर


पोखरा, कास्की जिल्लाबाट बिभिन्न मुलुकमा पुगेर बसोबास गर्नेहरुको संस्था ‘कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्’ को आगामी विश्व सम्मेलन युरोपमा गरिने भएको छ विश्व सम्मेलनमा बिभिन्न मुलुकमा गठन गरिएका कस्केली सम्बद्ध संस्थाबाट प्रतिनिधिहरुको सहभागिता रहने छ

सम्मेलनले विश्वभर छरिएका कस्केलीहरुले आंफ्नो गृह जिल्लाको समग्र बिकासमा कसरि योगदान पुर्याउन सकिन्छ भन्ने विषयका अतिरिक्त विश्वका बिभिन्न मुलुकमा बिभिन्न प्रयोजनमा पुगेका कस्केलीहरुलाई आइपर्ने समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने जस्ता बिषयमा छलफल हुनेछ

यसैबीच कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् शिव बहादुर बानियाँ युरोपमा हुने भनिएको आगामी विश्व सम्मेलनको तयारी तथा संस्थागत समन्वयका लागि अमेरिकाबाट युरोप भ्रमणमा जाने भएका छन्।

परिषद्को पत्र अनुसार अध्यक्ष बानियाँ अप्रिल २५ देखि मे २ सम्म युरोपियन मुलुकहरु स्पेन आइसल्यान्ड, डेनमार्क, नेदरल्यान्ड, जर्मनी र बेल्जियममा पुगेर ति मुलुकहरुमा गठित कास्केली समाजका पदाधिकारी एबम सदस्य र समाजका अगुवाहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको अन्तराष्ट्रिय समन्वय परिषदका महासचिब केदार कुँवरले गुरुकुल खबरलाई जानकारी दिए

अध्यक्ष बानियाले युरोप भ्रमणका क्रममा बेल्जियम, आइसल्यान्ड, डेनमार्क, नेदरल्यान्ड, जर्मनी र स्पेनस्थित कास्की आदर्श समाज संस्थाका सदस्य एबम अगुवाको साथि स्थानीयस्तरमा क्रियाशील नेपाली समुदायका अन्य संस्थाहरुसंग विश्व सम्मेलन सफल पार्न आबश्यक सहकार्यका सम्भावनाबारे पनि छलफल गर्ने परिषद्ले जनाएको छ।

१० बैशाख २०८३, बिहीबार २१:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा