पोखरा, प्रधानमन्त्री वालेन्द्र शाहले आज सोमबार बिभिन्न बिश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो हुने छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ वटा विश्वविद्यालय र सातवटा प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस बिज्ञ दिपा दाहालले जानकारी दिएकी छन।
बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका दिर्घकालिन उपायहरूबारे विमर्श हुने र कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुने बताइएको छ। बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहित पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि सहभागी बन्ने कार्यक्रम छ।
यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले गर्नेछन।
प्रतिष्ठानहरु तर्फ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने कार्यक्रम तय गरिएको छ।














