Play

कुरियर ब्यवसायीको गण्डकी प्रदेश सम्मेलन: मध्यपुर्वको द्वन्द लगायत स्थानीय समस्याको समाधान आबश्यक

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका बिभिन्न जिल्लामा कुरियर व्यवसाय संचालन गर्दै आएका कुरियर ब्यबसायीहरुको संस्था नेपाल कुरियर सेवा संघ गण्डकी प्रदेशको  प्रादेशिक एबम जिल्ला सम्मेलन पोखरामा सम्पन्न भयो । पोखरा सहित गण्डकी प्रदेश र र केहि केन्द्रीय पदाधिकारी र अतिथिसहित २ सय ५५ कुरियर ब्यबसायीहरुको सम्मेलनमा सहभागिता रहेको थियो ।

उक्त सम्मेलनले प्रदेशभित्र रहेका सम्पूर्ण जिल्लाका कुरियर व्यवसायीहरूलाई एकै ठाउँमा ल्याएर व्यवसायिक एकरूपता, सेवाको गुणस्तरमा वृद्धि, प्रविधिमैत्री सेवा र कुरियर ब्यबसायको दिर्घकालिन मार्गचित्र तय गर्दै कुरियर ब्यबसायलाई सेवा अझ भरपदों, छरितो र सुरक्षित बनाउनुपर्ने कुरामा जोड दिएको छ ।

सम्मेलनको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल कुरियर सेवा संघका केन्द्रीय अध्यक्ष अनिलराज भण्डारीले कुरियर व्यवसायमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले समेत सहयोग गर्नुपर्ने खाँचो औंल्याए ।

उनले मध्यपुर्वमा केहि समयदेखि उत्पन्न द्वन्दका कारण काठमाडौँबाट बिभिन्न मुलुकमा पार्सल पठाउन कठिनाई भैरहेको भन्दै ब्यबसायीहरु बिचको अस्वस्थ्य प्रतिष्पर्धा, ईकमर्स ब्यबसायको रुपमा यसलाई विकास गर्न नसक्नु र डेलिभरी सेवामा बिधमान कठिनाईको कारण कुरियर ब्यबसाय पनि चुनौतीपूर्ण बन्दै गएको चर्चा गरे ।

नेपाल कुरियर सेवा संघका निवर्तमान केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद सुवेदीले सम्मेलनले केन्द्र, प्रदेश र जिल्लास्तरमा भोग्नुपरेका बिभिन्न समस्या र कठिनाइ एबम समस्या र चुनौतीलाई सम्बोधन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल कुरियर सेवा संघका पुर्व केन्द्रीय अध्यक्ष निर्मल खतिवडा र अर्का पुर्वअध्यक्ष देवेन्द्र खड्काले पनि कुरियर ब्यबसायीहरुले भोग्नुपरेका समस्याको बारेमा चर्चा गरेका थिए ।

सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता गरेका नेपाल कुरियर सेवा संघ गण्डकी प्रदेशका अध्यक्ष रामु पौडेलले संस्थालाई बलियो बनाउन केन्द्र र प्रदेश समितिहरुको बिचमा आपसी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिंदै केन्द्रले तय गरेका नीति, योजना र मार्गदर्शनलाई प्रदेशस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आँफुहरु तयार रहेको जानकारी गराए ।

उनले केन्द्र र प्रदेशबीचको यो समन्वयले मात्र हाम्रो संगठनलाई दिगो र प्रभावकारी बनाउने बिश्वास व्यक्त गर्दै सम्मेलनले जिल्लास्तरका समस्या, चुनौती र सम्भावनाहरूलाई पनि उजागर गरेको बताए ।

सम्मेलनमा नेपाल कुरियर सेवा संघका उपाध्यक्ष तिलराज खतिवडाले अन्तराष्ट्रिय कुरियर व्यवसायीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा व्यहोर्नुपरेको भन्सार जटिलता र चुनौतीको बारेमा भनाई राखेका थिए ।

  • तस्बिर – तिर्थ केसी / गुरुकुल खबर

६ बैशाख २०८३, आईतवार २३:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा