Play

टाइगर कप भालिबलबाट १ करोड ६० लाख आम्दानी भएकोमा २२ लाख ६५ हजार बचत

गुरुकुल खबर


पोखरा, विभिन्न खेलकुद प्रतियोगिता संचांलन हुँदै आएको गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी भएको आयोजकले जानकारी दिएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा सञ्चालित उक्त प्रतियोगिताबाट १ करोड ६० लाख बढी आम्दानी भएपनि बिभिन्न शिर्षकमा खर्च कटाएर  २२ लाख ६५ हजार १ सय ६ रुपैयाँ बचत भएको आयोजक टाइगर क्लब पोखराले जानकारी  दिएको हो । प्रतियोगिता संचालनको क्रममा १ करोड ३७ लाख ४२ हजार ६ सय १९ रुपैयाँ खर्च भएको त्यस अबसरमा जानकारी दिईएको हो ।

प्रतियोगिताको  आम्दानीको मुख्य स्रोतका रुपमा सुश्री मिडिया प्रालीबाट ३० लाख , प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाबाट १०/१० लाख, टिम प्रवेश शुल्कबाट १ लाख ३५ हजार, सिजनल टिकटबाट ८० हजार, प्रवेश शुल्कबाट ५९ लाख ४९ हजार २ सय ८२ रुपैयाँ र स्वदेश तथा विदेशका विभिन्न संघसंस्था एवं व्यक्तिहरुबाट ४८ लाख ४३ हजार ४ सय ४३ रुपैयाँ आम्दानी भएकोमा प्रतियोगिता सञ्चालनका क्रममा सहभागी टिमको आवास तथा यातायातमा सबैभन्दा बढी ४४ लाख ५७ हजार ६ सय ९८ रुपैयाँ खर्च भएको उक्त पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

प्रतियोगिता अन्तर्गत खेलाडीलाई प्रदान गरिएको पुरस्कार तथा प्रोत्साहनमा २६ लाख ७३ हजार ३ सय २० रुपैयाँ, अतिथि स्वागत सत्कारमा ६ लाख ३२ हजार २ सय ९५ रुपैयाँ, प्रचारप्रसार तथा विज्ञापनमा ४ लाख २५ हजार रुपैयाँ र खेल मैदान व्यवस्थापनमा ३ लाख ६६ हजार रुपैयाँ खर्च भएको तागर क्लबका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए । अन्य खर्चहरुमा भोजन तथा खाजा खर्च १० लाख ९५ हजार ४ सय ६० रुपैयाँ र विभिन्न सामग्री तथा स्टेशनरी खरिदमा ३ लाख ७ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रतियोगिता अन्तर्गत सोभिनियर  र मायाको चिनोमा ३ लाख ७५ हजार, प्रतियोगिता समारोह व्यवस्थापनमा २ लाख १६ हजार ३ सय ९२, कार्यालय व्यवस्थापनमा २ लाख १६ हजार ४ सय ७०, अस्थाही प्याराफिट मञ्च, टेन्ट र साउण्ड सिस्टममा १९ लाख ३२ हजार ४ सय ७०, खेल मैदान व्यवस्थापनमा ३ लाख ६६ हजार ४६ रुपैयाँ, स्वयमसेवक परिचालनमा २ लाख ९५ हजार, खेल सामग्री तथा स्टेशनरीमा ३ लाख ५ हजार ५ सय ५९, ट्रफी, मेडल तथा प्रमाणपत्रमा २ लाख १२ हजार ४ सय ८०, बिमा, प्राथमिक उपचार तथा खानेपानीमा १ लाख ६३ हजार ७ सय ७७, जुरी तथा रेफ्रीमा १० लाख १५ हजार ४ सय ६० र खेलाडी सम्मानमा १ लाख ५ हजार ८ सय ७२ रुपैयाँ खर्च भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले सातौं संस्करणको टाइगर कपको मिति यथाशिघ्र सार्वजनिक गर्ने बताए । ‘काठमाडौंमा यही १० गतेदेखि एनभिए भलिबल हुँदै छ, नेपाल भलिबल संघको सिफारिसमा नै सातौं संस्करणको मिति तय छौं’, अध्यक्ष शर्माले भने, ‘यस पटक प्रतियोगिताको मिति पनि केही अगाडि सर्न सक्छ, विदेशी लिगसँग मिति नजुदने गरी उत्कृष्ट टिम ल्याउन हामीले प्रयास गर्नेछौं ।’

एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब प्रथम, नेपाल पुलिस क्लब दोस्रो र थाइल्याण्डको किभान्स तेस्रो भएका थिए । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ प्रथम, नेपाल पुलिस क्लब दोस्रो र पर्वत जिल्ला भलिबल संघ तेस्रो भएर बिभिन्एन पुरस्कार प्राप्त गरेका थिए ।

५ बैशाख २०८३, शनिबार २२:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा