पोखरा, पोखरा महानगरपालिका वडा न. २ मा महिलाहरुको सक्रियतामा स्थापित पुरानो संस्था अनन्ता सामुदायिक सेवा समितिको २८ औं वार्षिक साधारण सभा एवं १४ आँं अधिवेशनले संस्थाको नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा हिमादेवी बराल रेग्मी, उपाध्यक्षमा लक्ष्मी रेग्मी, सचिवमा विन्दु शर्मा, कोषाध्यक्षमा सिर्जना पराजुली र सहसचिवमा सुनिला रेग्मी चयन भएका छन । १३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा टीका सुवेदी, सीता सुवेदी, रुपा रेग्मी, सम्झना रेग्मी, गीता सुवेदी, रञ्जिता पराजुली, रञ्जु पराजुली र कल्पना सुवेदीलाई चयन गरिएको छ ।
अधिवक्ता जनकल्याण पराजुलीको संयोजकत्वमा बनेको निर्वाचन मण्डलले नयाँ समिति चयनका लागि सहजीकरण गरेको उक्त कार्यक्रममा बोल्दै अग्रज लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालाले वाङ्मयसहित समाजका सबै क्षेत्रमा महिलाको ठूलो योगदान गरेको बताइन् । उनले आफूलाई सशक्त बनाउँदै समाजमा अघि बढ्न पनि आग्रह गरिन् । कार्यक्रममा उनले सरुमै रानी, के फूल फूल्यो खोली तिरैमा लगायतका गीतसमेत सुनाएकी थिइन् ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रंगिता सुवेदी र ज्येष्ठ सदस्य बाटुली सुवेदीलाई सम्मान गरिएको थियो । २०८१ सालको एसएई उत्तीर्ण गर्र्ने सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाद्वारा स्थापित अनन्ता भाग्योदय छात्रवृत्ति तथा गुणराज स्मृति छात्रवृत्ति विन्ध्यवासिनी माविमा पोखरा २ मा अध्ययनरत गरिब तथा जेहेन्दार छात्रछात्रालाई हस्तान्तरण गरियो ।
संस्थाका अध्यक्ष सरिता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हिमादेवी बराल रेग्मी, विमला रेग्मी, कल्पना सुवेदी, विजया रेग्मी, सुशीला रेग्मी, वडा सदस्य गोमा सुवेदी, विन्ध्यवासिनी मावि वरपाटनका प्रधानाध्यापक वसन्त पाण्डे, संस्थाका निवर्तमान अध्यक्ष कमला पराजुली, सचिव लक्ष्मी रेग्मी लगायतले आआफ्नो भनाई राखेका थिए ।















