पोखरा, राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो।
शाहले आजै दिउँसो १२:३४ मा शपथ लिने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी पनि आफैँले सम्हाल्ने छन्। उनीसँगै आजै शपथ लिन लागेको १५ सदस्यीय मन्त्रिमण्डलमा निम्न अनुसारका सांसदहरु रहने बताइएको छ।
गण्डकी प्रदेशबाट नयाँ मन्त्रीमण्डलमा पोखरा -१४ घर भएर कास्की क्षेत्र न.१ बाट निर्बाचित सांसद खडकराज पौडेल ‘गनेश’ को साथै तनहुँबाट निर्बाचित स्वर्णिम वाग्ले र गोर्खाबाट निर्बाचित सुधन गुरुङ पनि मन्त्री बन्ने करिब निश्चित जस्तै भएको छ ।
श्रोतका अनुसार पौडेललाई पर्यटन, वाग्लेलाई अर्थ र गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिईने भएको छ ।

नयाँ मन्त्रिमण्डलमा रास्वपाले विज्ञ र युवा अनुहारलाई प्राथमिकता दिएको स्रोतले बताएको छ।
| मन्त्रालय | मन्त्रीको नाम |
|---|---|
| प्रधानमन्त्री तथा रक्षा | बालेन्द्र शाह (बालेन) |
| अर्थ | स्वर्णिम वाग्ले |
| गृह | सुधन गुरुङ |
| परराष्ट्र | शिशिर खनाल |
| कानुन | सोविता गौतम |
| ऊर्जा | विराजभक्त श्रेष्ठ |
| उद्योग | अमरेश सिंह |
| सामान्य प्रशासन | प्रतिभा रावल |
| कृषि | गीता चौधरी |
| सञ्चार | विक्रम तिमिल्सिना |
| श्रम | दिपक साह (महोत्तरी) |
| शिक्षा | सस्मित पोखरेल |
| पर्यटन | खडक (गणेश) पौडेल |
| महिला तथा बालबालिका | सिता वादी |
| स्वास्थ्य तथा जनसंख्या | निशा मेहता |














