Play

आरुषको स्मृतिमा २२ जना विपन्न बालबालिकालाई सहयोग सामग्री

गुरुकुल खबर


पोखरा, पोखराको लेकसाइडमा संचालित रेन्बो चिल्ड्रेन होममा आश्रित २२ जना विपन्न तथा असहाय बालबालिकाहरूलाई खेलकुद सामग्री, शैक्षिक सामग्री (स्टेशनरी) र खाद्य सामग्री वितरण गरिएको छ। १० वर्षको कलिलो उमेरमा उपचारका क्रममा गत माघ २५ गते निधन भएका आरुष सुवेदीको स्मृतिमा उनको परिवारद्वारा स्थापित आरुष स्मृति सहयोग फाउण्डेसन मार्फत ति बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो।

आरुषकी आमा सपना रेग्मी सुवेदीका अनुसार छोराको सम्झनामा समाजमा रहेका विपन्न, असहाय र बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा फाउण्डेसनले पोखरा–६, बैदाममा रहेको रेन्वाे चिल्ड्रेन होममा आश्रित बालबालिकाहरूलाई सामग्री वितरण गरेको हो।

कार्यक्रममा क्षेत्री समाज नेपालका महासचिव कृष्ण बहादुर थापा, पृथ्वी यातायात सहकारी संस्थाका सचिव पुष्पराज पौडेल, लायन्स डिस्ट्रिक्ट ३२५ के का डिस्ट्रिक्ट संयोजक राधिका थापा, यातायात व्यवसायी रमेशकुमार श्रेष्ठ, रामचन्द्र गिरी र अनिल थापा लायन्स क्लब अफ पोखरा गोल्डेन फिस्टेल सिटीका सचिव अर्जुन अर्याल लगाएतले ति सामान हस्तान्तरण गरेका थिए

सहयोग सामग्री प्राप्त गरेपछि रेन्वाे चिल्ड्रेन होमका सञ्चालक कुसुम ढकालले आश्रममा परिवारबाट विमुख भएका ७ महिनादेखि २१ वर्षसम्मका २२ जना बालबालिकाहरू आश्रित रहेको जानकारी गराउंदै सामग्री पाएकोमा खुसि प्रकट गरिन। होमकी मुख्य सञ्चालिका गोमा ढकालले बालबालिकाको शिक्षामा फाउण्डेसनले गरेको सहयोगले ठूलो राहत पुग्ने बताईन।

  • तिर्थ केसी / गुरुकुल खबर

१० चैत्र २०८२, मंगलवार १९:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा