Play

उधोग बाणिज्य महासंघमा चुनाबी चर्चा: अध्यक्षमा पोखराका अन्जन श्रेष्ठ निश्चित, अन्य पदमा दुई प्यानलको प्रतिष्पर्धा

गुरुकुल खबर


पोखरा, नेपालमा निजि क्षेत्रको प्रतिनिधिमुलक र छाता संस्थाको रुपमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र अधिबेशन यहि चैत्र २९ र ३० गते हुने भएको छ  । अधिबेशनबाट महासंघको कार्यसमितिमा निर्बाचित हुनको लागि अध्यक्ष बाहेकको पदमा दुई समूह प्यानल नै बनाएर मैदानमा उत्रिएका छन् । यस पटकको अधिबेशनबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् ।

महासंघको अध्यक्ष बन्न लागेका श्रेष्ठ पोखराको औधोगिक घराना लक्ष्मी हाउसबाट उदाएका ब्यबसायी हुन । पांच दशक अगाडी दुई दाजुभाई गणेशबहादुर श्रेष्ठ र बुद्धिबहादुर श्रेष्ठले सानो लगानीमा शुरु गरेको लक्ष्मी मिठाई भण्डार नै अहिलेको लक्ष्मी हाउस हो। लक्ष्मी हाउस अन्तर्गत अहिले कन्फेक्सनरी, प्लास्टिक, डेरी, अतोमोटिभ, इलेक्ट्रोनिक्स संग सम्बन्धि बिभिन्न नाममा दर्जनौं औधोगिक र व्यापारिक प्रतिष्ठान रहेका छन।

पोखराबाट शुरु भएको लक्ष्मी हाउस अहिले देशको ठुलो औधोगिक तथा व्यापारिक घराना बन्न पुगेको छ । लक्ष्मी हाउसको अध्यक्षमा अहिले पनि गणेशबहादुर श्रेष्ठ रहेको छन भने कार्यकारी निर्देशकहरुमा सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरन्जन श्रेष्ठ र निराकार श्रेष्ठ रहेका छन। लक्ष्मी हाउस अन्तर्गत करिब दुई हजारले रोजगारी पाएको बताइएको छ।

लक्ष्मी हाउससंग नै सम्बद्ध आजाद श्रेष्ठ पनि यस अगाडी नेपाल उधोग बाणिज्य महासंघको उपाध्यक्ष बनेको थिए । तर उनि अध्यक्षको चुनाबी प्रतिष्पर्धामा भने आंफ्ना प्रतिष्पर्धीसंग पराजित बन्न पुगेका थिए । तर यस पटक महासंघको बिधानमा भएको ब्यबस्था अन्जन श्रेष्ठ महासंघको अध्यक्ष बन्ने निश्चित भएको हो ।  यस अगाडिको अधिबेशनमा बरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिष्पर्धाको बिचमा अन्जन श्रेष्ठले चुनाब जितेका थिए ।

पोखराबाट उदाएका उधोगी ब्यबसायीहरु मध्ये आनन्दराज मुल्मी, आजाद श्रेष्ठ, चन्द्रकृष्ण कर्मचार्य, दामु अधिकारी र बाबुराम गिरि लगायतले उधोग बाणिज्य महासंघको कार्यसमितिमा निर्बाचित भएर काम गरिसकेको भएपनि महासंघको अध्यक्ष बन्ने अवसर भने आनन्दराज मुल्मीलाई मात्र मिलेको थियो । यस पटक हुने महाधिबेशनबाट अन्जन श्रेष्ठले पनि त्यो अवसर पाउने भएका छन । यस अगाडी संघको संसोधित बिधान अनुसार बरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष बन्ने प्राबधान अनुसार अन्जन श्रेष्ठ अध्यक्ष बन्ने निश्चित भएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले करिब एकमहिना अगाडी नै उम्मेदवारी घोषणा गरेकोमा सोमबार शिबप्रसाद घिमिरेले उपाध्यक्ष सहित प्यानल बनाएर उमेदवारी घोषणा गरेका छन । शिवप्रसाद घिमिरे उपाध्यक्ष रहेको प्यानललाई हालका वरिष्ठ उपाध्यक्ष अर्थात अबको अध्यक्ष अञ्जन श्रेष्ठले समर्थन गरेको बुझिएको छ ।

सोमबारको उम्मेदवारी घोषणासभाको ब्यानरमै ‘नेपाल उद्योग वाणिज्य महासंघका भावी अध्यक्ष अञ्जन श्रेष्ठ समूहको पदाधिकारी तथा कार्यकारिणी सदस्य घोषणा कार्यक्रम’ राखिएको थियो । यसकारण पनि यस समूहलाई अबका अध्यक्ष श्रेष्ठको समर्थन रहेको स्पष्ट भएको छ । तर उक्त समुहले बरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षमा कसलाई उमेदवार बनाउने भन्ने टुंगो गरिसकेको छैन ।

वस्तुगत तर्फको उपाध्यक्ष घिमिरेको टिममा एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला/नगरतर्फ उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका हुन् । घिमिरेले १६ सदस्यीय पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरेकोमा वस्तुगततर्फको सदस्य पदमा अरनिको राजभण्डारी, रवीन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारू, राजेशभक्त श्रेष्ठ, होमप्रसाद घिमिरे, धनप्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एबबहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुवबहादुर गौतमलाई सदस्यको उमेदवार बनाइने भएको छ ।

यस अगाडी महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हेमराज ढकालको समूहमा उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे, उमेश डालमिया, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्षमा कमला श्रेष्ठ छन् । यो समूहले करिब एक महिना अगाडी पदाधिकारीहरुको घोषणा गरिसकेको भएपनि भने कार्यकारिणी सदस्यहरुको नामावली भने अझै सार्बजनिक गरेको छैन ।

एसोसिएट उपाध्यक्ष पदका उम्मेदवार पाण्डे नेतृत्वको टिममा पनि विभिन्न क्षेत्रका उद्योगी व्यवसायी समेटिएका छन् । उनको टिममा अभया मल्ल, अम्बिकाप्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, ईश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, मनोज पौडेल, निकोलस पाण्डे, प्रियाराज रेग्मी, राजेशकुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, शक्तिकुमार बेगानी, सुशील थापा, सुयोस प्याकुरेल र उज्ज्वल श्रेष्ठ सदस्यको उमेदवारको रुपमा रहेका छन् ।

सोमबारको उमेदवार घोषणा कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे । अहिले देशमा दुईतिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने उनले बताए । महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पनि निजी क्षेत्रका व्यवसायी एकीकृत भएर अगाडि बढ्नुपर्ने बताइन् । अध्यक्ष बाहेक अन्य पदमा भने दुई समूहले आआफ्नो उम्मेदवारी घोषणा गरिसकेकोले मुलुक भरका उधोगी ब्यबसायीलाई चुनाबी माहोलले छुन थालेको छ ।

१० चैत्र २०८२, मंगलवार १०:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा