Play

बुद्ध बिशाल व्यापारिक एसोसिएसनको रक्तदान: ५४ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, पोखराको मुख्य बजार महेन्द्रपुलमा रहेको विशाल बजारमा व्यापार ब्यबसाय गर्ने व्यवसायीको संस्था बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । कास्कीका सहायक सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पहिलो रक्तदाता बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी बरालले बुद्ध विशाल बजार व्यापारिक एशोसियसन व्यापारीहरूको संस्था भए पनि सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको भन्दै खुशी प्रकट गरे । पोखरा महानगरपालिका २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले पोखरा महानगर पालिकाको तर्फबाट एशोसियसनलाई सहयोग गर्ने आफू प्रतिबद्ध रहेको बताउँदै पोखराको नै पुरानो मार्केट विशाल बजारको साख बचाई राख्न एशोसियसनलाई आग्रह गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले ‘सबैभन्दा ठुलो दान रक्तदान’ कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिँदै आफूले व्यवसायीहरूको हक हितको लागि सदैव आवाज उठाउने गरेको बताउँदै आगामी दिनमा पनि उठाउने बताइन् ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले ‘रगत पैसा तिरेर पनि पाइँदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने भएकोले सबैभन्दा ठूलो दान रक्तदान हो’ भन्दै बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले सामाजिक उत्तरदायित्व बहन गर्दै बाह्रौं पटक रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, कस्मेटिक व्यवसायी संघकी उपाध्यक्ष सरु बराल लगायतले बोलेका थिए । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने एशोसियसनका महासचिव थमनसिंह गुरुङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्रको टोलीले विशेष सहयोग गरेको थियो ।

७ चैत्र २०८२, शनिबार २०:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा